दोवामा खानेपानी आयोजना

Gandaki Ghumau

दोवा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको छ । घरघरमै धारा जोडेर खानेपानी बितरण गर्ने लक्ष्य सहित आयोजना निर्माण भएपछि स्थानीयबासी उत्साहित भएका छन् ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरेको दोवा खानेपानी तथा सरसफाई आयोजनाको हालसम्म ८० प्रतिशत निर्माण सकिएको छ ।

कुल रु. चार करोड ८९ लाख ६९ हजार ४६९ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट ४२२ घरधुरीका दुई हजार ५९६ जनसंख्या लाभान्वित हुने कार्यालयका प्रमुख इञ्जिनियर कुमार खड्काले जानकारी दिनुभयो ।

Shreekrishna

“चार वटा स्किममा निर्माण हुने आयोजनाको एउटा स्किमबाट यसै वर्ष खानेपानी बितरण गर्ने तयारी गरेका छौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. ७३ लाख बजेटको काम उपभोक्ता समिति मार्फत भइरहेको छ ।” आगामी वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर खड्काले बताउनुभयो ।

Gunasthariya Shiksya

गरकखोला, छिप्चेपानी, रातोखोला–गरिलाखोला र एकरातेखोलाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर बितरण गरिने भएको छ । पानी संकलन गर्न ७५ हजार लिटर क्षमताको एक वटा, ५० हजार, ३० हजार र २० हजार लिटर क्षमताको दुई÷दुई वटा रिजर्भ टंकी निर्माण सकिएको उपभोक्ता समितिका सचिब धनबहादुर पाइजाले बताउनुभयो ।

स्किम न. २ र ३ अन्तरगत मारका र बगर टोलका १३० घरमा निजी धारा जडान, मुख्य तथा शाखा पाइपलाइन बिस्तार भएको छ । हालसम्म करिब रु. तीन करोड खर्च भइसकेको आयोजनाको दुई वटा स्किमबाट खानेपानी बितरणको तयारी भएको वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले बताउनुभयो ।

सुनारी टोल र दोवाको स्किमको इन्टेक निर्माण गर्न बाँकी छ । ३० किलोमिटर पाइपलाइन मध्य मुख्य लाइन निर्माण सकिएको छ । उपभोक्ता समिति मार्फत सञ्चालित आयोजनाको पाइपलाईन निर्माणमा स्थानीयले श्रमदान गरेका छन् । यसअघि सार्वजनिक धारा, खोल्साको पानी उपभोग गर्दै आएका थिए ।

घरघरमै खानेपानी सुबिधा हुने भएपछि उत्साहित र खुसी लागेको स्थानीय कुमारी पुर्जाले बताउनुभयो । “खानेपानी बितरण ब्यवस्थित नहुँदा खोलाबाट गाग्रीमा बोकेर खानुपर्ने थियो,” उहाँले भन्नुभयो “प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुबिधा उपलब्ध भएपछि समयको बचतका साथै दुख हट्ने र दैनिकिमा सुधार हुने अपेक्षा गरेका छौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...