पोखरेबगर–चित्रे सडकमा ठेकेदारको बदमासी

Gandaki Pardesh notice

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै चित्रे जोड्ने सडक निर्माणमा ठेकेदारले बदमासी गर्न थालेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइद्धारा सञ्चालित आयोजनाको सडक ढलान, नाली र पर्खाल निर्माणको काममा ठेकेदारले कम गुणस्तर र तोकिएको भन्दा कम अनुपातमा सिमेन्ट, रड, बालुवा, गिट्टी प्रयोग गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

Shreekrishna hardwear in news

दुरबिनडाँडा नजिकैको सडकमा गरिएको ढलान नजमेको र माटो माथी ढुङ्गाको सोलीङ बिनै ढलान गरेको भेटिएको छ । सडक ढलानमा भएको लापरबाहीका बिषयमा स्थानीयले वडाका जनप्रतिनिधि र आयोजनाका प्राबिधिकहरुलाई अनुगमन र नियमन गर्न अनुरोध गरेका छन् ।

घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले मंगलबार दिउँसो सडक निर्माणको अनुगमन गरेर सुधार गर्न लगाउन आयोजनाका प्राबिधिक र सम्बद्ध निर्माण ब्यवसायीलाई निर्देशन गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

केही ठाउँमा मजदुरमा प्राबिधिक ज्ञानको कमीले समस्या देखिएपनि अधिकांश ठाउँमा भने तोकिएको मापदण्ड र गुणस्तर अनुसारकै काम गरेको बताउदै वडा अध्यक्ष बरुवालले आफूहरुले पनि निगरानी र समन्वय गरिरहेको बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित अन्तरगत पोखरेबगर देखि घार, खिवाङ, शिख हुदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०७७ जेठ २२ सम्म सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको हालसम्म करिब पचास प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । ठेकेदारले स्थानीयबासीको बिवाद, कोरोनाको जोखिम, लकडाउन र पहिरोका कारण ढिलाई भएको दावी गर्दै आएका छन् ।

पोखरेबगर देखि खिवाङ सम्मको सडक ग्राभेल गरिरहेको ठेकेदारले फलाते क्षेत्रमा करिब एक किलोमिटर सडक बिस्तार गरेका छन् । शिख र चित्रे खण्डमा काम भएको छैन् । ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक अधुरो हुने जोखिम बढेको छ ।

हाल कच्चि, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलीङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...