नवआगन्तुक प्रजिअ र पत्रकारहरुबीच छलफल

khali

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

सेवा प्रवाह, शान्ति सुरक्षा, बिकास निर्माण लगायत बिषयसँग सम्बन्धित समस्याको पहिचान र समाधानका उपायका बिषयमा पत्रकार महासंघ म्याग्दी शाखाका पदाधीकारी सहित पत्रकारहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले मेलाजात्रा, मदिराको अब्यवस्थित बिक्री बितरण, सामाजिक सञ्चाल र सूचना प्रबिधिको प्रयोगबाट हुने अपराध सुरक्षाका चुनौतिका रुपमा देखिएका बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्काले यसअघि फारम भरेको १५ दिनमै बितरण गरिने राहदानी पछिल्लो समय दुई महिना सम्म पनि नआएको जनगुनासो आएको र प्रशासनकै गतिबिधिमा पारदर्शितामा प्रश्न उठेको बताउनुभयो ।

प्रजिअ अधिकारीले सरोकारवालाहरुको सुझावको आधारमा समस्या पहिचान गरि सुधारको पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सार्वजनिक सेवा प्रवाहलाई सहज, बिकास आयोजनाको ब्यवस्थापन र सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त बनाउन सबैसँग समन्वय गर्ने प्रजिअ अधिकारीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...