औलामा साबुन बनाउने तालिम

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

स्थानीय सामग्रीको प्रयोग गरेर कपडा धुन, नुहाउन, भाडा माझ्न र हात धुन प्रयोग हुने साबुन उत्पादन गर्ने ज्ञान सिप प्रदान गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा अन्नपूर्ण गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगत तालिम सञ्चालन गरेको थियो ।

Bhautik ministry notice about road

सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता थियो । सुन्तलाको बोक्रा, तितेपानी, एलोभेरा, पुदिना लगायत सामग्रीको प्रयोग गरेर साबुन बनाउने प्राबिधिक तथा ब्यवहारिक ज्ञान सिप प्रदान गरिएको बरिष्ठ उद्यम बिकास सहजकर्ता शंकर सापकोटाले बताउनुभयो ।

Shreekrishna hardwear in news

सुस्मिता थापाले तालिमको सहजिकरण गर्नुभएको थियो । तालिम समापनकै क्रममा २५ हजार रुपैयाँ मूल्य बराबरको साबुन बिक्री गरेका थिए । तालिमको समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर र वडा अध्यक्ष गमप्रसाद फगामीले सिकेको सिपलाई सदुपयोग गरि आत्मनिर्भर बन्न र आयआर्जन गर्न आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...