धौलागिरि खबर

परिक्षण उत्पादनको तयारीमा मिस्ट्रीखोला जलबिद्युत आयोजना

Hariyali Groups Pvt Ltd

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले यसैहप्तादेखि बिद्युत उत्पादन सुरु गर्ने भएको छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परिक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र बिद्युतगृहको परिक्षण सरेर बिद्युत उत्पादनको तयारी गरेको जानकारी दिनुभयो ।

‘‘दाना सबस्टेशनदेखि स्विचार्डसम्म ब्याकलोडमा प्रशारण लाइनको परिक्षण भइरहेको छ,’’ उहाँले भन्नुभयो ‘‘ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौ ।’’ बिद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परिक्षण सकिएको छ ।

इञ्जिनियर खड्काले अबको एक हप्तादेखि दश दिनभित्र मिस्त्रिखोलाले उत्पादन सुरु गर्ने बताउनुभयो । सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

Rara Auto Mobiels

बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

Chadani auto head

बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । ११ वटा मध्य गत बर्खामा आएको बाढीले एक वटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुननिर्माण गरेको हो ।

रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु.४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकको रु.३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।
साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन निर्माण सकिएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले मिस्त्रिखोलाको बिद्युत सबस्टेशनमा जोड्न प्रशारण लाइनको परिक्षण सुरु गरिएको बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...