चिमखोलामा निशूल्क आँखा शिविर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ म्याग्दी र हिमालयन आँखा अस्पतालको प्राबिधिक सहयोग, रामबहादुर, भुलु तिलिजा, प्रेम र दिलकुमारी पुर्जाको आर्थिक सहयोगमा हाम्रो सामुदायिक अचल कोष र मण्डली युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको थियो ।

Bhautik ministry notice about road

चिमखोला, दर्मिजा, रायखोरका २१० जनाको आँखाको परिक्षण गरिएकोमा १५० जनालाई निशूल्क चश्मा बितरण गरिएको छ । तीन जनामा मोतियाबिन्दुको समस्या भेटिएको छ । नेत्रज्योति संघका नेत्र सहायक दिनेश बानियाको टोलीले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news

नेत्र ज्योति संघ म्याग्दीका अध्यक्ष अमर बानियाको अध्यक्षता, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतिथ्यता, नेत्र ज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालन र हाम्रो सामुदायिक अचल कोषका अध्यक्ष गमबहादुर पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...