गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोशिप कार्यक्रम सम्पन्न, डिष्ट्रिक्टको नेतृत्व विशेश्वर आचार्यले गर्दै

Gandaki Pardesh notice

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्वको लागि तयार रहेका लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल र द्धितिय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले गण्डकी र धौलागिरी क्षेत्रका क्लवहरुका बिच आ–आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन ।


साथै सबै उम्मेदवारले शतप्रतिशत एस भोटको अपिल गरेका थिए । यो पटक डिष्ट्रिक्टमा सबै एकल उम्मेदवार भएकाले आगामी चैत्र १४ गते पोखरामा हुने डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नबौ महाधिवेसनबाट डिष्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नरहरु निर्बिरोध चयन हुनेछन् ।


पोखरा,स्या ङजा र तनहु क्षेत्रका करिब ८०० लायन्सहरुको उपस्थितिमा शुक्रबार पोखरामा सम्पन्न संयुक्त फेलोशिप कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले आफुले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए । सर्भिस फर अ स्माइल थिममा रहेर दिगो विकासमा आधारित कार्य गर्ने उनले बताए । उद्यमशिलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाँउलाई लायन्स उद्यमी गाँउका रुपमा बिकास गरिने र वर्ष भरी नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरि गरिने योजना रहेको जानकारी गराए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल र द्धितिय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले ल्याएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले आफुले लायन्स अन्तराष्ट्रियको नेतृत्व गरेपछि धेरै प्रोजेक्टहरु नेपाल भित्राउने योजना रहेको बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर लायन मन बहादुर रोक्का, लायन्स म्यागेजिनका चिफ एडिटर लायन धनराज आचार्य, लायन लिडरहरु, लायन गिरधारी शर्मा, लायन गौतममान श्रेष्ठ, लायन ध्रुब थापा, लायन अशोक श्रेष्ठ, लायन भुगोल शेरचन, लायन राजेन्द्र बाटाजु लगायतले सबै उम्मेदवारलाई आफ्नो साथ र समर्थन रहेको बताउदै सफलताको कामना गरेका थिए । लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष लायन बबिन बग्दासको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाण्डौ साझा फुलबारीका अध्यक्ष हरिचन्द्र तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईले गरेका थिए ।

यसै गरी बुधबार र बिहीबार गोरखा, आबुखैरेनी, धौलागिरीको म्याग्दीे, बागलुङ, पर्वत क्षेत्रका क्लबहरु बिच पनि मिट, ग्रिट एण्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको थियो । शनिबार तनहुँ र धादिङ क्षेत्रका क्लबहरु बिचमा समेत फेलोशिप कार्यक्रम गरिएको थियो ।
सो फेलोशिप कार्यक्रममा आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल, द्धितिय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले शतप्रतिशत एस भोटको अपिल सहित सहयोगको आह्वान गरेका थिए । यसअघी गत महिना काठमाडौं क्षेत्रका क्लबहरु बिचमा पनि संयुक्त फेलोशिप कार्यक्रम सम्पन्न भइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...