पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन

Gandaki Pardesh notice

बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो । बिहिबार यसअघिको कार्यसमितिका अध्यक्ष रहनुभएका रेग्मीको नेतृत्वमासहमति जुटेको हो । निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुलाई शुक्रबार प्रमाणपत्र र पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।

Shreekrishna hardwear in news

निर्वाचन समितिका संयोजक समेत रहनुभएका जलजला गाउँपालिकाका सूचना अधिकारी लिलाधर सुबेदीले सर्वसहमतिमा कार्यसमिति चयन भएको जानकारी दिनुभयो । संयोजक सुबेदीले सपथ खुवाउनुभएको थियो ।

समितिको उपाध्यक्षमा रेणु मल्ल, सचिवमा क्याप्टेन शिवबहादुर कार्की, कोषाध्यक्षमा सम्मरबहादुर थापा र सहसचिवमा हिराबहादुर बरुवाल चयन हुनुभएको छ । सदस्यहरुमा भगवती शर्मा, मोहनबहादुर जिसी, निलम मल्ल, दाउद खान, अस्मिता जुग्जाली, दलबहादुर जिसी, टेकबहादुर पुन र कलाधर रेग्मी रहनुभएको छ ।

Bhautik ministry notice about road

आयोजनाले समेट्ने सबै टोल र भूगोललाई समेटेर कार्यसमिति चयन भएको संयोजक सुबेदीले बताउनुभयो । निर्वाचित कार्यसमिति घोषणा तथा सपथ खुवाउने कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आयोजनालाई अझै ब्यवस्थित र पुर्णता दिएर प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

जलजला गाउँपालिका–३ का वडा अध्यक्ष देबेन्द्र भण्डारी (रबी)को अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष रेग्मीले पर्वत जिल्लाको दोस्रो ठूलो खानेपानी आयोजनालाई पूर्णता दिएर उपभोक्ताको घरदैलोमा नियमित शुद्ध खानेपानी आपुर्तिको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्रालयको ७० र उपभोक्ताको ३० प्रतिशत साझेदारी लगानीमा निर्माण भएको लिफ्ट प्रबिधिको आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने बगरफाँट, पर्वतबेनी र लामाखेतका ६२६ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनामा ७३७ घरधुरी आवद्ध भएका छन् । कालीगण्डकी नदी किनारको जुगेपानीको मुहानको पानी ३७५ मिटर लामो पाइपबाट पर्वतबेनीको शिरानमा रहेको टंकीमा तानेर वितरण गरिएको छ । १२ करोड ४३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो । खानेपानी वितरण सुरु गरेपनि आयोजनाले पूर्णता पाउन भने बाँकीनै छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...