बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु

Gandaki Kotihome

बेनी । बेनीमा बिहिबार देखि नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु भएको छ ।

संघको रजत जयन्तिको अवसरमा आयोजना भएको भेला दुई दिन सम्म सञ्चालन हुने जनाएको छ । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका अध्यक्ष बिष्णुकुमार थापाले बताउनुभयो ।

मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने बिषयमा छलफल गर्ने भेलाका एजेन्डा छन् ।

Upper Myagdi transmition line notice

देशभरका २०० जना प्रतिनिधिहरुको सहभागिता रहेको भेलाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन गर्नुभयो । मन्त्री पुनले मगर युवा युवतिहरुलाई बिदेशिने सोच त्यागेर उच्च शिक्षा हासिल गरी निजामति, ब्यापारिक, प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेर देशको सेवा गर्ने भावना बनाउन आग्रह गर्नुभयो ।

“मगर समुदायमा अझै पनि पढेकालाई भन्दा बिदेश जानेलाई ठुलो मान्ने, बिदेशको पिआर, आइडी भएका केटा पाए उमेर नपुग्दै छोरीको बिहे गरिदिने गलत परम्परा छ । स्वदेशमै देशको सेवा गर्ने र उद्यमी बनेका युवाहरुको बिवाह नभएको तितो सत्य पनि छ,” मन्त्री पुनले भन्नुभयो “मगर समुदायको उत्थान गर्ने हो भने शैक्षिक जागरण ल्याउनुपर्छ । योग्य र सक्षम भएर प्रशासनीक र राजनीतिक क्षेत्रमा उपस्थिति बढाउनुपर्छ । मगरले चासो नदिदा हाम्रो कोटामा अन्य समुदायले अवसर पाएका थुप्रै उदाहरण छन् ।”

प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षण, अध्यक्ष केन्द्रसँगै पर्यटन प्रर्वद्धनका लागि कल्चर भिलेजको परिकल्पना गरेर जग्गा खोजी सुरु गरेको जानकारी दिदै मन्त्री पुनले मातृ भाषामा पढाउने बिद्यालयलाई थप अनुदान र स्थानीय तहको मातृ भाषाको पाठ्यक्रम तथा पुस्तक बनाउन सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

Annapurna aarohan ko notice

नेपाल मगर संघका केन्द्रिय सचिव तथा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले आसन्न जनगणनाका क्रममा मगर समुदायको बास्तविक तथ्याङ्क पहिचान गर्नका लागि मगरले अन्यसँग मिल्ने थर नलेखाउन अनुरोध गर्नुभयो । उहाँले मातृ भाषामा पाठ्यक्रम बनाउन विज्ञ नपाएको बताउनुभयो ।

नेपाल मगर संघका केन्द्रिय सचिव तथा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले आसन्न जनगणनाका क्रममा मगर समुदायको बास्तविक तथ्याङ्क पहिचान गर्नका लागि मगरले अन्यसँग मिल्ने थर नलेखाउन अनुरोध गर्नुभयो । उहाँले मातृ भाषामा पाठ्यक्रम बनाउन विज्ञ नपाएको बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले संघीयताको भावना अनुसार संरक्षित र बिशेष क्षेत्रका रुपमा रहेका स्थानीय तहलाई संघ र प्रदेश सरकारले बजेट बिनियोजनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल मगर बिद्यार्थी संघका महासचिव प्रेम रोकामगरले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजा, मगर संघका प्रदेश सचिव राजकुमार थापा, जिसस प्रमुख देवेन्द्र केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भेला सुरु हुनुअघि मगर समुदायको जातीय पहिचान झल्कने झाँकी सहित बेनी बजारमा ¥याली निकालिएको थियो । एक वर्षअघि आयोजना गरिएको भेला कोरोनाका कारण स्थगित भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...