मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

Gandaki Kotihome

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ ।

बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार उद्घाटन गर्दै मन्त्री पुनले रोग नागरिकलाई रोग लाग्नै नदिन प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।

सचेतना फैलाएर नियमित स्वास्थ्य परिक्षणको साथै प्रमुख स्वास्थ्य चुनौतिको रुपमा देखिएको मुटु, मृगौला, क्यान्सर, रक्तचाप जस्ता रोग लाग्न नदिन र आपतकालिन अवस्थामा जिवन बचाउने उपाय सिकाउन सरकारले समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम पु¥याएको बताउनुभयो ।
“क्यान्सर, मृगौला जस्ता रोगका बिरामीलाई सरकारले उपचारका लागि एक लाख रुपैयाँ दिने गरेको छ,” उहाँले भन्नुभयो “प्रदेश सरकार नागरिकलाई त्यस्ता रोगनै नलागोस भनेर बिद्यालय, स्वास्थ्य संस्था र समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम गर्न लागेको छ ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

प्रदेश सरकारको सहयोगमा टे«ड युनियन महासंघको बेनी नगर कमिटिले मजदुर महिलाहरुलाई लक्षित गरेर एक दिने पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने निशूल्क शिविर आयोजना गरेको हो । परिक्षणका क्रममा तीन वर्षपछि सम्म पाठेघरको मुखमा क्यान्सर हुने खतरा छ छैन भन्ने पहिचान गर्न सकिने बेनी अस्पतालका चिकित्सक गोपाल कडेलले बताउनुभयो ।

प्रदेश सरकार, संघीय सरसकारको स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम, रघुगंगा गाउँपालिका र बेनी अस्पतालको आन्तरिक स्रोतबाट एक करोड रुपैयाँको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएको छ । केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेड सम्म पुग्ने ब्यवस्था मिलाइएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

लायन्स क्लव अफ बेनी पिस सिटीले अस्पतालको फार्मेसीका लागि औषधी बिक्री कक्ष बनाएको हो । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा तीन लाख ५१ हजार रुपैयाँ खर्च गरेर प्रिफेक प्रबिधिको बिक्री कक्षको भवन निर्माण गर्नुभएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...