शिख माविको छात्रावास भवन लक्ष्य अघिनै निर्माण सम्पन्न

Sinchai Khanipani notice

सेते तिलिजा पुन

शिख, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमुना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ ।

ढिलासुस्तिका कारण अधिकांश बिकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्य भन्दा एक महिना अघिनै सकिएको हो ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत २०७७ असार ५ गते उतरगंगा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । २०७७ फागुन ५ गतेसम्म म्याद भएपनि माघ २५ गतेनै भवन निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको उतरगंगा निर्माण सेवाका सञ्चालक कृष्ण बरुवालले बताए ।

Bhautik ministry notice about road

“कोरोनाका कारण सबै आयोजनाको ठेक्का सम्झौताको म्याद छ महिना थपिएपनि शिख माविको भवन निर्धारित समयअघिनै सकेर हस्तान्तरण गरेको छु,” उनले भने “कोरोनाको जोखिम, लकडाउन, बाढी पहिरोको असहज अवस्थाको बावजुद पर्याप्त मजदुर, उपकरण परिचालन तथा निर्माण सामग्री ब्यवस्थापन गरेर भवन निर्माण गरेको हो ।”

एक तले भवनमा १० वटा कोठा र सात वटा शौचालय तथा सयनकक्ष छन् । रु. एक करोड १० लाख लागत अनुमान गरिएको भवन बनाउन रु. ८१ लाखमा ठेक्का लिएको थियो । दोस्रो चरणमा अर्को छात्रावास भवन बनाउन रु. एक करोड ९२ लाख लागत अनुमान गरेर आव्हान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवाले पाएको छ ।

गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले तीन तले ३० कोठे भवन बनाउन लागिएको बताए । कम बलोलेको ढोरपाटन निर्माण सेवालाई ठेक्का सम्झौताका लागि बोलाएको गाउँपालिकाले जनाएको छ । २०७७ असार मसान्त सम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विकट क्षेत्रका बालबालिकालाई बिद्यालयमै खानेबस्ने सविधा सहित अध्ययनको ब्यवस्था मिलाउने सामाजिक बिकास मन्त्रालयको अवधारणा अनुसार आवासीय बिद्यालय सञ्चालन गर्न लागिएको हो । गत वर्ष रु. ६० लाख पठाएको मन्त्रालयले आवासीय बिद्यालयको छात्रावास बनाउन यस वर्ष रु. दुई करोड पठाएको थियो । छात्रावासमा घर टाढा भएका बिद्यार्थीलाई खानेबस्ने सुबिधा हुनेछ् ।

कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ जना बिद्यार्थी छन् । आवास सुबिधा भएपछि घर टाढा भएका बिद्यार्थीलाई सुविधा पुग्नुका साथै कम बिद्यार्थी संख्या भएका बिद्यालय गाभ्न सकिने प्रअ केदार कार्कीले बताए । नयाँ छात्रावास भवन केही दिनमै प्रयोगमा ल्याउने तयारी गरिएको उनले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...