कोरोना बिरुद्धको खोप लगाउन पाउँदा जेष्ठ नागरिक खुसी

Gandaki Ghumau

गंगा पुन
दाना । म्याग्दीका जेष्ठ नागरिकहरु कोरोना बिरुद्धको खोप लगाउन पाउँदा खुसी र उत्साहीत भएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीले फागुनको २३ गतेदेखि ६५ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई खोप लगाउन थालेको थियो । अन्नपूर्ण गाउँपालिका–३ दानाको स्वास्थ्य चौकीमा कोरोना बिरुद्धको कोभिशिल्ड खोप लगाउन आएका जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका थिए ।

बुधबार ७० जना जेष्ठ नागरिकले दाना स्वास्थ्य चौकीमा आएर कोरोना बिरुद्धको खोप लगाएका छन् । जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा दाना स्वास्थ्य चौकीका प्रमुख रुबिना दर्जी, सिअनमी बिमला पुन र अनमी मिना नेपालीको टोलीले सेवा दिनुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

जिल्लाभर ५४ वटा स्वास्थ्य संस्थाबाट पाँच हजार जनालाई खोप लगाएन एक सय जना स्वास्थ्यकर्मी परिचालन भएका स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

फागुन २३, २४ र २५ गते बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा लगाइएको कोरोना बिरुद्धको खोप बुधबार देखि रघुंगगा र अन्नपूर्ण गाउँपालिकामा बुधबारदेखि सुरु भएको हो ।

खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोर भएको महशुस हुने लक्षण देखिने बताउदै कोभिडको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड तथा नियमहरु पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...