हाँडेभिरमा एमालेको कार्यालय स्थापना

Sinchai Khanipani notice

बेनी । सदरमुकाम बेनीको हाडेभिरमा मंगलबार नेकपा (एमाले)को कार्यालय स्थापना भएको छ ।

सर्वोच्च अदालतले तीन दिनअघि ऋषी कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गर्दै नेकपा एमाले र माओवादी (केन्द्र)लाई ब्युताउँने फैसला गरेपछि तीन वर्षअघि एकता भएका एमाले र माओवादी अलग अलग भएका हुन् ।

Bhautik ministry notice about road

एमाले र माओवादी एकिकरण भएपछि हाँडेभिर स्थित तत्कालीन नेकपा एमालेको सहिद स्मृति भवनमा पार्टी कार्यालय राखेका थिए । त्यहाँ राखिएको नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्डका साथै प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको पुर्ण कदको तस्बिर, सुर्य चिन्ह र नेपालको नक्सा राखेका छन् ।

Shreekrishna hardwear in news

मंगलबारनै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले हाँडेभिर स्थित पार्टी कार्यालयमा पुगेर नेकपामा बिवाद उत्पन्न भएदेखि बन्द भएको पार्टी कार्यालय खोल्नुभएको थियो । दुई समूहबिच बिवाद र झडप हुने खतरा बढेपछि दुबै पक्षका नेताहरुको सहमतिमा गत पुष १० गते कार्यालय बन्द गरेर अन्य ठाउँमा भेला, प्रशिक्षण र सभा गरेका थिए ।

हाँडेभिरमा एमालेको दुई तले कार्यालय भवन छ । सो भवनसँगै एमालेको नाममा आठ आना जग्गा छ । सो भवन निर्माण गर्न एमालेका दुई जना नेता जमानी बसेर बेनीको एक सहकारी संस्थाबाट चालीस लाख रुपैयाँ ऋण लिएका थिए । दुई तिर बाँडिएका ती नेताहरु अहिले एकै ठाउँमा भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...