रहेनन् काँग्रेस म्याग्दीका पुर्व सभापति खड्का

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पुर्व सभापति डाक्टर भूपेन्द्रबहादुर खड्काको निधन भएको छ ।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौको छाउनी स्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

अकस्मात बिरामी परेपछि उहाँलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो । शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागि हुनुभएको थियो । खड्काले मुटु सम्बन्धी रोगको औषधी सेवन गर्नुहुन्थ्यो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका प्रवत्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बन्नुभएको थियो । उहाँ म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पुर्ब अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पुर्व सभापति हुनुहुन्थ्यो ।

चिकित्सक रहनुभएका खड्काले बेनीको प्रकाश माविमा शिक्षण पनि गर्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । खड्की श्रीमतिको २०६१ सालमा निधन भएको थियो । स्पष्ट बत्ता, अध्ययनशिल र सरल स्वभावका खड्का स्वाभीमानी र निष्ठावान नेताको रुपमा चिनिनुहुन्छ ।

खड्काको निधनप्रति नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली र शोकसन्तप्त परिवार जनमा समवेदना प्रकट गरेका छन् । खड्काको मंगलबार काठमाडौ स्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने काँग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...