जलजलाको वारीबेनीमा सडक कालोपत्रे

Gandaki Pardesh notice

म्याग्दी । पर्वतको जलजला गाउँपालिका वडा न. ३ वारीबेनीको सडक कालोपत्रे भएको छ ।

सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडक अन्तरगत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्रे उप्पिएपछि नयाँ कालोपत्रे गरिएको हो । कालोपत्रे भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ ।

म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुल देखि वारीबेनीको डाडासम्म करिब ७५० मिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण ब्यवसायी निराजन खतिवडाले बताए । उनका अनुसार साढे ५ मिटर देखि ९ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्रे गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रिमिक्स प्रबिधिको कालोपत्रे गर्न त्रिशक्ति–तिलक निर्माण सेवाले रु. एक करोडमा बि.स. २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ हुन् ।

आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ । अबको ७ दिनभित्र कालोपत्रे सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले बताए । यही आयोजना अन्तरगत वारीबेनीको डाडादेखी आँखोला सम्म सडक बिस्तार गरिएको छ ।

कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्यौलता भएपछि एक वर्षदेखि काम रोकिएको थियो । वारीबेनी देखि आँखोला खण्ड कालीगण्डकी कोरिडोर र वारीबेनी बजार भित्र सडक डिभिजनले कालोपत्रे गर्ने निर्णय भएपछि काम अघि बढेको हो ।

करिब दश वर्षअघि मालढुङ्गा–बेनी सडक आयोजना मार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पुरै भाग कालोपत्रे भएपछि धुलो, हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...