भुरुङ्ग–तातोपानीमा श्रमिक महिला दिवस

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा सोमबार बिबिध कार्यक्रम आयोजना गरेर १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

Bhautik ministry notice about road

सर्वोदय मावि भुरुङ्ग तातोपानीमा गठन भएका जुनियर रेडक्रस सर्कलको आयोजनामा ¥याली र महिला शसक्तिकरण र सवलीकरण बिषयक नाटक प्रर्दशन गरिएको थियो । बिद्यार्थीहरुले महिला अधिकार सम्बन्धी प्ले कार्ड सहित बजार परिक्रमा गरेका थिए ।

नाटक प्रर्दशनमा पहेलो समूह प्रथम, हरियो समूह दोस्रो, रातो र निलो समूह तेस्रो भएका थिए । सहायक प्रअ गोबिन्द थापाको अध्यक्षतामा भएको कार्यक्रममा नबिन पुन, मोहनप्रसाद गौतम र लेटबहादुर खड्का रहेको निर्णय मण्डल गठन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...