रुमको सडकमा माइक्रोबस सेवा

Sinchai Khanipani notice

भुपेन्द्र नेपाली
रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको सडकमा बस सञ्चालन हुन थालेको छ ।

जिल्ला सदरमुकाम बेनी देखि गाउँपालिकाको केन्द्र दरवाङ हुदै फुलबारी, अदिभारा, औल, रुम हुदै बिलबाङ सम्म बस सञ्चालन भएको हो । रुमबाट प्रत्येक दिन बिहान ८ बजे एक वटा बस बेनीका लागि छुट्छ भने बेनीबाट ११ बजे एक वटा बस रुमका लागि छुटाउने गरिएको छ ।

म्याग्दी यातायात प्रा.लीले सञ्चालन गरेको माइक्रोबसको भाडा बेनी देखि रुम सम्म प्रतियात्रु ४५० रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि रुमदेखि दरवाङ चल्ने जिपले ३५० रुपैयाँ भाडा लिने गरेका थिए । माइक्रोबस सेवाले सस्तो भाडादरमा सेवा दिएपछि रुमबासीलाई राहत मिलेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीयबासीलाई आवत जावतका साथै सामान पठाउन सजिलो भएको छ । २०७७ फागुन ३ गतेदेखि रुमका सडकमा माइक्रोबस गुड्न थालेको हो । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रुमका बासिन्दा बस चढेर आवत जावत गर्न पाउँदा खुसी भएका छन् । पहिलो पटक गाउँमा पुगेको बसलाई स्वागत गरेका थिए ।

मालिका गाउँपालिकाले २०७५ देखि वडा न. ३ मा पर्ने औला हुदै रुम जोड्ने सडक निर्माण सुरु गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा मालिका गाउँपालिकाले ६ लाख ५० हजार र संघीय सरकारबाट १५ लाख रुपैयाँ बिनियोजन भएको थियो ।

आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकाले गौरबको आयोजनाको रुपमा ४५ लाख रुपैयाँ बिनियोजन गरेको यो आयोजनामा संघ सरकारले थप ५० लाख पठाएको थियो । सडक निर्माण भएपछि माइक्रोबस सञ्चालन गरिएको वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । घुम्ति सुधार, साँघुरा ठाउँमा सडक फराकिलो बनाउन योजनालाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...