मगर विद्यार्थी संघको विस्तारित भेलाको तयारी तिब्र

Gandaki Pardesh notice

बेनी । आगामी हप्ता बेनी बजारमा हुने नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र पारिएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीको बारेमा जानकारी गराएको हो ।

संघको ९ बुदे प्रस्तावमा छलफलका लागि विस्तारित भेला बोलाइएको अध्यक्ष बिष्णुकुमार थापाले जानकारी दिनुभयो । भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने भएको छ ।

Bhautik ministry notice about road

देशभरबाट २०० जना प्रतिनिधिहरुको सहभागिता रहने भेला जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिने भएको छ । भेलाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनको तयारी सुरु गरेको अध्यक्ष थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

संघका महासचिव प्रेम रोकामगरले एक वर्ष अघि कोरोनाको जोखिमका कारण स्थगित भएको बिस्तारित भेला यसपालि गर्न लागिएको बताउनुभयो । भेलाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा मगर संस्कृति झल्कने झाँकी सहितको ¥याली गरिने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...