म्याग्दी जिसस योजना अनुगमनमा सक्रीय

Sinchai Khanipani notice

बेनी, । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ । धवलागिरी गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो ।

जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र विहिबार धवलागिरी गाउँपलिकाको सडक, विद्यालय, स्वास्थ्य चौकीको भवन, शौचालय, खानेपानी आयोजनाहरुको निरिक्षण गर्नुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण सम्पन्न गरेका विद्यालयका भवन तथा निर्माणधिन भवन, शौचालय र खानेपानी पुर्वाधारको निरिक्षण गरिएको छ ।

Shreekrishna hardwear in news

बेनी–दरवाङ, दरवाङ धारापानी सडक स्थलगत कामको निरिक्षण गर्दै जिसस प्रमुख केसीले काम सन्तोषजनक नरहेको बताउनुभयो । हेम नमुना आवासीय मावि शिवाङ, धनजनता मावि मुना, लमसुङ मावि लमसुङको चार कोठे भवन र लुलाङ आधारभूत विद्यालय लुलाङको दुईकोठे निर्माणधिन भवन, शौचालयकोे निरिक्षणको साथै विद्यालयमा विद्यार्थी अवस्था, शिक्षकको दरवन्दी, निजी र राहत शिक्षकको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

भूमे आधारभूत विद्यालय मच्छिममा निर्माणधिन चारकोठे भवन लगायत संरचनाको अनुगमन गर्नुभयो । चार कोठे भवन निर्माणमा ७० लाख र शौचालय निर्माणमा १५ लाख बजेट रहेको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना – लुलाङ – गुर्जा सडक आयोजना अन्तरगत महतला भिर क्षेत्रमा सडक र संघको ६० लाख प्रदेशको ५० लाखमा मुनामा निर्माणधिन स्वास्थ्य चौकी भवनको प्रगतिबारे अनुगमन गर्नुभएको थियो ।

त्यस्तै पुर्वाधार विकास कार्यालय, गाउँपालिकाद्धारा निर्माण भएका लुलाङ मुदीको सडक लगायतको पुर्वाधारको अनुगमन गर्दै ग्रामिण बस्तीको सेवासुविधाहरु निर्माणले गति लिएको बताउनुभयो ।

‘राष्ट्रिय पुर्ननिर्माणले विद्यालय पुर्वाधार निर्माण योजनाहरुले विद्यालयको संरचनामा परिर्वतन आएको छ’,– जिसस प्रमुख केसीले भन्नुभयो ‘भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको देखिन्छ ।’

पुर्वाधारसंगै ब्यवस्थापन समिति, शिक्षक, अभिभावनक गुणस्तर सुधारमा सक्रिय हुनुपर्ने बताउनुभयो । विद्यालयका प्रअ र ब्यवस्थापन समिति संगलन भएर भवन लगातयको पुर्वाधार निर्माणले छिटोछरितोसंगै भौतिक संरचना सुरक्षित, सुविधा सम्पन्न, बातावरणमैत्री र अपाङ्गमैत्री पुर्वाधार निर्माण भएको जिसस प्रमुख केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...