काँग्रेस नेता भट्टराईको स्मृति सभा

Shreekrishna hardware

बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार बेनीमा पूर्वप्रधानमन्त्री एवं संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ ।

संगमचोक स्थित पार्टी कार्यालयभा भएको कार्यक्रममा नेताहरुले स्वर्गीय भट्टराइको तस्बिरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण र उहाँको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले अग्रज नेताहरुले लडेर ल्याएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संबिधान, संघीय ब्यवस्थाको रक्षा गर्न पार्टीको आन्तरिक एकतामा जोड दिनुभयो ।

Shreekrishna
Ban devision notice

कार्यक्रममा पुर्व जिल्ला सभापति डाक्टर.भुपेन्द्रबहादुर खड्का, जिल्ला सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रवक्ता अजयमिलन श्रेष्ठ, सहसचिब भरतबहादुर रकाल, प्रदेश सभा क्षेत्र (ख)का मनोनित उपसभापति गोपाल भट्टचन, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, राष्ट्रिय मगर संका अध्यक्ष हिराबहादुर पुन, जिल्ला सदस्य मनकुमारी विश्वकर्मा, नेपाल महिला संघकी जिल्ला सचिव सृजना शर््ेष्ठ, नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपसभापति माधवप्रसाद रेग्मीले स्वागत मन्तव्य र सचिव क्याप्टेन मिन बहादुर कार्कीले संचालन गर्नुभएको थियो । ‘सन्त’ नेताका रुपमा परिचित भट्टराईको वि.सं ०६७ साल फागुन २० गते निधन भएको थियो । वि.सं. १९८१ मा जन्मनुभएका भट्टराईले राणा, शाही र पञ्चायतविरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताउनुभएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईले करिव २० वर्ष कांग्रेसको सभापति बनेर नेतृत्व दिनुभएको थियो । भट्टराई दुई पटक नेपालको प्रधानमन्त्रीसमेत हुनुभएको थियो । उहाँ नेपाल पत्रकार महासंघका संस्थापक सभापति समेत हुनुहुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...