डाडाँगाउँमा जनचेतनामुलक कार्यक्रम

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा बिहिबार लागू औषध दुब्र्यसनी र साइबर अपराध बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय दरवाङको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिद्यार्थी, शिक्षक र अगुवाहरुलाई अभिमुखीकरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले लागू औषधको कारण, यसले ब्यक्तिगत, सामाजिक क्षेत्रमा पर्ने असर, प्रयोगकर्ता, कारोबारी र उत्पादकलाई हुने कारबाहीको कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँले सामाजिक सञ्जाल लगायत इन्टरनेटको दुरुपयोगबाट हुने अपराध तथा त्यस्तो क्रियाकलापमा संलग्नलाई कारबाही गर्न भएको कानुनी ब्यवस्थाको बिषयमा जानकारी गराउनुभयो ।

पछिल्लो १० दिनयता रुम र डाडागाउँ क्षेत्रबाट ३१ किलोग्राम भन्दा बढी तौलको लागू औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । गाँजा लगायत लागू औषधको उत्पादन, प्रयोग र कारोबार नियन्त्रण तथा न्युनीकरण गर्न समुदायलाई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष हेमबहादुर पुन लगायतले सुरक्षित, शान्त, ब्यवस्थित र मर्यादित समाज निर्माणका लागि लागू औषध नियन्त्रणमा स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...