धवलागिरीमा शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले जिल्लामै पहिलो पटक शिक्षक ब्यवस्थापन र दरबन्दि मिलान गरेको छ ।

शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर शिक्षक दरबन्दी मिलान र ब्यवस्थापन गरेको हो ।

बिद्यार्थी संख्या अनुपातको आधारमा पहिलो चरणमा पुलमा रहेका प्राथमिक तहका १४ जना शिक्षकको दरबन्दी मिलान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“५ वटा बिद्यालयको दरबन्दि काटेर प्रस्तावित मावि र निमावी तह चलाएका बिद्यालयलाई उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “९ जनालाई सम्बन्धित बिद्यालयको माथिल्लो तहमा अध्यापन गर्ने गरी ब्यवस्थापन भएको छ ।”

नेरवाङ, चेचुङ, जगन्नाथ र जनज्योति आधारभूत तथा किसानी माविको एक÷एक वटा दरबन्दी काटिएको छ । चन्द्रज्योती माविले दुई, बुद्धी बिकास र धनजनता मावि तथा लुलाङ आधारभूतले एक÷एक वटा दरबन्दी पाएका छन् ।

शिक्षा बिकास तथा मानव संसाधन बिभागले थप गरेको एक वटा पुरा दरबन्दी र दुई वटा राहत दरबन्दी तीन वटा बिद्यालयलाई उपलब्ध गराइएको छ । जनकल्याण मावि गुर्जा र लमसुङ माविले एक÷एक वटा राहत तथा धवलागिरी आधारभूत बिद्यालय मुनाले एक वटा दरबन्दी पाएको छ ।

गाउँपालिकाको शिक्षा समितिले प्राबी तहमा १० जना भन्दा कम बिद्यार्थी भएको बिद्यालयमा १, २० जनासम्म भएकोमा २, ५० सम्म भएकोमा ३ र ५० भन्दा बढी भएकोमा ४ वटा दरबन्दी कायम गरी बढी भएको दरबन्दी प्रस्तावित निमावी र मावीलाई उपलब्ध गराउने कार्यबिधी बनाएको थियो ।

Bhautik ministry notice about road

२८ वटा बिद्यालय रहेको धवलागिरीमा २०७७ को अभिलेख अनुसार कक्षा १२ सम्म तीन हजार ६४५ जना बिद्यार्थी छन् । १० वटा माध्यमिक बिद्यालय मध्य हेम नमुना आवसीय मावि शिवाङ र जनजागृति मावि मल्कवाङमा मात्र पुरा दरबन्दी छ ।

८ वटा मावि प्रस्तावित हुन् । ६–८ तहको पढाई हुने ६ वटा आधारभूत बिद्यालय पनि प्रस्तावित छन् । १२ वटा १–५ तहसम्मको पठनपाठन हुने बिद्यालयमा १०९ जनाको दरबन्दी छन् ।

निमावी तहमा ४८ वटा दरबन्दी आवश्यक पर्नेमा १७ वटा उपलब्ध छ । माविमा ६४ वटा दरबन्दी आवश्यक पर्नेमा ४८ अपुग छ । कक्षा १२ सम्मको पठनपाठन हुने पालिकाको एकमात्र हेम नमुना आवासीय माविमा उच्च मावि तहको तीन वटा दरबन्दी भएकोमा २ जना मात्र छन् ।

शिक्षक दरबन्दी मिलान, ब्यवस्थापन र गाउँपालिकाले अनुदानको ब्यवस्था मिलाएपछि प्रस्तावित बिद्यालयहरुलाई निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन अभिभावकबाट अप्रत्यक्ष हिसाबले शूल्क लिनुपर्ने समस्या कम भएको छ ।

धवलागिरी आधारभूत बिद्यालयका प्रअ मनबहादुर पुनले देउसीभैलो, लाहुरे स्वागत र चन्दा मागेर शिक्षकको तलबभत्ता जुटाउदै आएका प्रस्तावित बिद्यालयहरुलाई राहत मिलेको बताउनुभयो । सहरी क्षेत्रमा न्युन बिद्यार्थी भएका बिद्यालयको दरबन्दी काटेर दुर्गम क्षेत्रका धेरै बिद्यार्थी भएका बिद्यालयमा पठाउन दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधीलाई अन्य पालिकाले पनि कार्यान्वयन गर्नुपर्ने शिक्षक रुपेश सुबेदीले बताउनुभयो ।

गाउँपालिकाले प्रस्तावित बिद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि बजेटको ब्यवस्थापन गरेको छ । चालु आर्थिक वर्षमा रु. ६० लाख बिनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ६ वटा मावि र ६ वटा निमावीलाई १२ जना शिक्षकका लागि बजेट ब्यवस्थापन गरेको बताउनुभयो ।

शिक्षक दरबन्दी मिलान र ब्यवस्थापन गर्नेमा धवलागिरी गाउँपालिका पहिलो बनेको छ । अन्य स्थानीय तह कार्यबिधी बनाउने तथा कार्यान्वयनको चरणमा रहेको जनाएका छन् । बिद्यार्थी संख्या न्युन भएका बिद्यालय समायोजन गरेको धवलागिरी गाउँपालिकाले शिवाङमा प्रदेश सरकारको योजना अनुसार आवासीय बिद्यालय सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...