नक्कली बुवा प्रकरण-मुनाका वडा अध्यक्ष र सचिबद्धारा प्रहरीमा आत्मसर्मपण

Nilgiri hydor notice magh 26

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष पुर्म पुन र सचिब शिलु आले मगरले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।

नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिब आले र सिफारिस गर्नुभएका वडा अध्यक्ष पुन बिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार आफै प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहिबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

उहाँका अनुसार दुवै जना प्रहरी हिरासतमा हुनुहुन्छ । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दिपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दावी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो ।

भण्डारी बिरुद्ध झुटा बिबरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडा अध्यक्ष र सचिब पनि अनुसन्धानमा पर्नुभएको हो । रेशमबहादुरले दिवालाई बिदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्ष भन्दा कम उमेरका व्यक्ति बिदेश जानका लागि नावालक परिचयपत्र बनाउनुपर्छ ।

रेशमले दिवाको नावालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...