खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीले अर्मनको खोलाखर्क सहित मुस्ताङको समर खोलामा झोलुङ्गे पुल निर्माण गरेको हो । संगै ठेक्का सम्झौता भएको मुस्ताङको थासाङ गाउँपालिकाको लेत घाँसा–देउराली पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कार्यालयका इञ्जिनियर सन्तोष अर्यालका अनुसार डिटाइपका तीन वटै पुल निर्माणका लागि २०७६ असार २३ गते थानी–हिमशिखर–रामकृष्ण जेभीसँग रु. दुई करोड ७२ लाख मा ठेक्का सम्झौता भएको थियो ।

Shreekrishna hardwear in news

“एउटै प्याकेजमा ठेक्का सम्झौता भएका मध्य समर र खोलाखर्कको पुल निर्माण सकेर स्थानीयबासीले आवत–जावत गर्न थालेका छन्,” उहाँले भन्नुभयो “घाँसा–देउरालीको पुलको दुई तर्फ बल्क उठाएका ठेकेदारले लट्ठा तान्ने र स्टिल डेग राख्ने तयारी गरेका छन् ।”

Bhautik ministry notice about road

खोला खर्क पुल १७२ र समर खोला १३० मिटर लामो छ । लेतेको १४२ मिटर लामो पुलको स्पाम (लम्बाई) डिजाइन गरेको भन्दा केही मिटर बढेको इञ्जिनियर अर्यालले बताउनुभयो । २०७७ पुष २३ गते म्याद सकिएपनि कोरोनाका कारण थप छ महिना म्याद थप भएको छ ।

१८ महिनाको सम्झौता अवधि भएको ठेक्का २०७८ जेठ ८ गतेसम्मका लागि म्याद थप गर्न भौतिक पुर्बाधार बिकास मन्त्रालयमा सिफारिस भएको छ । थपिएको समय अघिनै पुल निर्माण सकेर हस्तान्तरण गर्ने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

पुल निर्माण भएपछि स्थानीयबासीलाई आवत–जावतमा सहज भएको छ । घुमाउरो र जोखिमयुक्त बाटो हिड्नुपर्ने समस्या हटेको छ । यात्रा अवधि छाटिएको छ । सुरक्षित यात्रा गर्न पाएका छन् । पुल नहुँदा बर्खामा आवत जावत प्रभावित हुने समस्या थियो ।

खोलाखर्कमा निर्माण भएको झोलुङ्गे पुलको पुर्बाधार बिकास कार्यालयका प्रमुख इञ्जिनियर नवराज पौडेल सहित प्राबिधिक टोलीले हालै निरिक्षण तथा अनुगमन गर्नुभएको थियो । टोलीले डिजाइन अनुसार केही संरचनामा सुधार गर्न ठेकेदारलाई निर्देशन दिएको थियो ।

१०० मिटर भन्दा छोटा झोलुङ्गे पुल स्थानीय तहले उपभोक्ता समिति मार्फत निर्माण गर्छन् । १०० मिटर भन्दा लामा पुल पुर्बाधार बिकास कार्यालयले ठेक्का मार्फत बनाउने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...