जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ ।

भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि निर्माण भएको कच्चि भवन भूकम्प र पहिरोले भत्कने अवस्थामा पुगेको हो ।

चर्किएको पर्खाल र लच्किएको भवनका कोठामा जोखिम मोलेर पठनपाठन गराउनु परेको प्रधानाध्यापक सिरबहादुर गर्बुजाले बताए । “कक्षा कोठाको अभावले जिर्ण भवनमा जोखिम मोलेर बिद्यार्थी राख्नु परेको हो,” उनले भने “बिद्यालयमा भएका ४ वटा मध्य दुई वटा पुराना भवन जिर्ण बनेपछि समस्या परेको छ ।”

Shreekrishna hardwear in news

बि.स. २०६० मा ढुङ्गा, माटो र काठको प्रयोग गरेर स्थानीय प्रबिधिबाट निर्माण गरिएको ९ कोठे भवन जिर्ण छ । त्यसैगरी आधारभूत तहको कक्षा सञ्चालन गरिएको दुई कोठे अर्को भवन समेत भत्कने अवस्थामा छ ।

९ कोठे भवनको पर्खाल चर्किनुका साथै बाहिरी भाग बाहिर निस्कीएको छ । कक्षा कोठाभित्रै प्वाल परेको छ । जोखिम बढेपछि त्यो भवनमा सञ्चालित कक्षा ९ र १० लाई हालै निर्माण भएको नयाँ भवनमा सारिएको छ । कम्प्युटर प्रयोगशाला पनि नयाँ भवनमा सारिएको छ ।

Bhautik ministry notice about road

अर्को जिर्ण भवनमा कक्षा ३ का बिद्यार्थी बसेर पढ्छन् । कक्षा ३ मा ९ जना बिद्यार्थी छन् । ९ कोठे पुरानो भवनमा अझै कार्यालय र ५ वटा कक्षा सञ्चालन गरिएको छ । भिरालो पखोमा रहेको भवन बि.स २०७२ को भूकम्पले चर्किएको थियो ।

सामान्य मर्मत गरिएको भवन गत बर्षमा जमिन लच्किएपछि पर्खाल चर्किएको हो । जिर्ण भवनका कारण त्रासको बातावरणमा पढ्नु परेको बिद्यार्थीहरुले बताएका छन् । कक्षा १० सम्मको पठनपाठन हुने बिद्यालयमा १६५ जना बिद्यार्थी छन् ।

जोखिम भएकाले हिउँद याममा चौरमा राखेर पढाइएको छ । बर्खामा कोठाभित्र राखेर पढाउन सक्ने अवस्था नभएकाले बिकल्पको खोजीसँगै नयाँ भवन निर्माणमा पहल गरिएको वडा अध्यक्ष समेत रहनुभएका ब्यवस्थापन समितिका अध्यक्ष दिलिप गर्बुजाले बताए ।

“राष्ट्रिय पुननिर्माण प्राधिकरणको बेनी स्थित जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत हालै ४ कोठे नयाँ भवन निर्माण सकिएको छ,” उनले भने “रु. ७० लाख ४० हजारमा सम्झौता भएकोमा रु. १५ लाख भन्दा बढी भुक्तानी पाउँन बाँकी छ ।”

यसअघि पनि चार कोठे भवन निर्माण भएको थियो । नयाँ भवन परिसरमा पहिरो रोकथामका लागि अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पर्खाल निर्माण भइरहेको छ । नयाँ भवनका लागि जग्गा समेत सम्माएर राखिएको छ । थप भवन निर्माण गर्नुपर्ने प्रअ गर्बुजाले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...