जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा पछिल्लो छ महिनामा भएका गतिबिधिहरु

Gandaki Pardesh notice

२०७७ श्रावण ३० गते देखि २०७७ फागुन १७ गते सम्म (६ महिना १७ दिन) जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट सञ्चालित भएका, सहकार्य र सहजीकरण गरिएका मुख्य मुख्य कार्यहरुको विवरण !

  • २०७७/०५/०२ गते सर्वदलीय/सर्वपक्षीय सामुहिक प्रतिबद्धता:-
Shreekrishna hardwear in news
  • कोरोना रोकथाम र नियन्त्रण !
  • अन्तर जिल्ला आवागमन नियन्त्रण !
  • होल्डिङ सेन्टर !
  • टोलबस्ती स्तरमा होम क्वारेन्टाइको आवाह्रान !
  • अलपत्र बाटाघाटा र विकास आयोजनालाई गति दिने !
  • विद्युत आपुर्ति नियमित बनाउने !
  • डोजर प्रयोगमा वातावरणीय अध्ययन बढाउने !
  • विपद ब्यवस्थापनमा साझा समन्वय गर्ने !
  • कानूनको शासनलाई थप प्रभावकारी बनाउने लगायतका प्रतिबद्धता गरेका थियौं !
  • सोही प्रतिबद्धता कार्यान्वयनका क्रममा हामी निरन्तर खटियौं !
  • कोरोना नियन्त्रणका लागि अन्तरजिल्ला आवागमन नियन्त्रण गर्यौ, टोलबस्ती पुग्यौं !
  • समुदायस्तरमा पनि परिक्षणको दर बढायौं !
  • जिल्ला प्रवेश नाका सिल गर्यौं !
  • छोटो छरितो परिक्षण रिपोर्ट प्राप्त हुन थाले !
  • कोरोना अस्पताल, आइसोलेसन, क्वारेन्टाइन ब्यवस्थापनमा खटियौं, बजारमा जनचेतना फलायौं !
  • घरदैलो अभियान गर्यौ !
  • कोभिडको बढ्दो कहर रोकथाम लागि ने.का. र ने.क.पा बाट जारी विज्ञप्तिका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु !
  • बेनीमा नियमित विद्युत आपुर्ति नहुदाँ उत्पन्न लामो समय देखिको समस्या समाधानका लागि तत्कालै तत्कालिन विद्युत MD सँग कुरा राख्यौं र कार्ययोजना बनायौं !
  • जसले राम्रो Response भयो र मिलनचोकबाट थप लाइन बेनीका लागि निर्माण भई विगत भन्दा विद्युत आपुर्ति नियमित भएको छ !
  • वर्षामा अवरुद्ध बेनी-जोमसोम सडक खुलाउन धेरै मेहनत गर्नुपर्यो !
  • जघन्य अपराध गरि फरार रहेका धेरै अपराधीहरु नियन्त्रणमा आए !
  • संचार माध्यम मार्फत जिल्लामा गतिविधिहरु नियमित सार्वजनिक जानकारीमा ल्यायौ !
  • वर्षातको समयमा धेरै घरहरुमा जोखिमपूर्ण बसाई गरेकाहरुलाई अस्थायी बसोबासको प्रबन्ध भयो!
  • क्वारेन्टाइन, कोरोना अस्पताल, स्थानीय निर्माणाधिन विद्यालय, प्रहरी चौकी, जलविद्युत आयोजना, अन्य विकास आयोजनाको नियमित अनुगमन र निर्देशन भयो !
  • गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुरुप कार्यान्वयन र सोको पूर्णरुपमा फलोअप गरियो!
  • बाढीपहिरोबाट ज्यान गुमाएका मध्ये २३ जनाका आफन्तलाई ३५ लाख नगद राहत रकम सम्बन्धित स्थानमै गएर वितरण गरियो !
  • बजार अनुगमन र अखाद्य पदार्थ नियन्त्रणको प्रयास जारी रहेको !
  • कालीगण्डकी प्रशारण लाइनको तारमुनीका करिब ५०० कित्ता र संरचनाका लागि १० करोड ५ लाख क्षतिपुर्ति निर्धारण र निर्विवाद वितरण भयो !
  • लामो समयदेखि अवरुद्ध पोखरेबगर क्षेत्रको समस्या समाधान र बाँकी टावर निर्माण लगायतका कार्य गरि प्रशारण लाईन सुचारु !
  • राष्ट्रिय महत्वको कालीगण्डकी प्रशारण लाइन सम्पन्न गर्न खेलेको भुमिका प्रति उत्कृष्ट मुल्याङ्कन भई सम्माननीय प्रधानमन्त्रीज्यूका तर्फबाट प्रसंशापत्र प्राप्त भएको !
  • पूर्ण क्षति २४७, जोखिम घर ८२१ पहिचान भएको !
  • अलपत्र गलेश्वर राहुघाट पुल विशेष फलोअपका कारण निर्माणले गति लिएको छ !
  • लामो समयदेखि अलपत्र म्याग्दीको पश्चिम क्षेत्र विद्युतीकरणका लागि मेरुदण्ड रतोढुंगा सबस्टेशन र पोल/तारको काम धमाधम भईरहेको छ !
  • नियमित फलोअप र समन्वयबाट अजिंगर भीर छिचेल्ने कार्य पुरा भएको छ !
  • नगरपालिकाबाट बजार क्षेत्रमा ढल ब्यवस्थापनका लागि घर अधिग्रहणको निर्णय भई कार्यान्वयनमा आएको छ !
  • स्थानीय तहमा अस्पताल, स्वास्थ्यचौकी, वडा कार्यालय जग्गा ब्यवस्थापनमा प्रभावकारी समन्वय र सहजीकरण गरिएको !
  • कार्यालयमा खानेपानी, प्रतिक्षालय, वाईफाई, टि.भी., डिजिटल सूचना, स्तनपान कक्ष, मोबाइल चार्जिङ ब्यवस्थित शौचालय, छिटोछरितो काम, बृद्धबृद्धा, अपाङ्ग, अशक्तलाई बिशेष प्राथमिकता दिइएको छ !
  • बेनीको पर्यटन व्यवसाय चलायमान बनाउन जोमसोमका होटल र मुक्तिनाथ मन्दिर खुलाउन विशेष पहल गरिएको !
  • जिल्लास्थित कार्यालयहरुको नियमति अनुगमन, सुधारका लागि निर्देशन, पोशाक नियमितता, सेवा प्रवाहमा शिघ्रता ल्याउन विशेष पहल गरिएको !
  • सबै स्थानीय तह र स्थानीय प्रशासन बीच प्रभावकारी समन्वय गराउन ७६ वटा एजेन्डा तयार गरि मंगला गाउँपालिकाको बाबियाचौरमा २० बुँदे महत्वपूर्ण घोषणापत्र जारी गरिएको !
  • २० बुँदे घोषणापत्रको समिक्षा आगामी असारसम्म सबै स्थानीय तहबाट हुनेगरी अर्को समन्वय बैठक गर्ने प्रतिबद्धता भएको !
  • जाडोको समयमा करिब १७१ जना बृद्ध विपन्नहरुलाई घरघरमा पुगी कम्मल, न्यानो कपडा वितरण गरिएको !
  • म्याग्दीमा प्राप्त कोभिड खोप हालसम्म उत्साहजनक रुपमा सञ्चालन भईरहेको !
  • कालीगण्डकी कोरिडोरले निर्माणमा गति लिईरहेको !
  • गलेश्वर-बेगखोला खण्डको धेरै जस्तो भाग कालोपत्रका लागि तयारी अवस्थामा रहेको !
  • गत मनसुनमा प्रकोप पिडित भएका घरहरुको पुनर्निर्माण प्रक्रिया सुरु भएको, स्रोत साधन ब्यवस्थापन सुरु भएको !
  • छ्यारछ्यारेमा मालिका गाउँपालिका भवन, प्रहरी, अस्पताल भवनका लागि २५ रोपनी जग्गा लिजमा लिने प्रक्रिया सुरु भएको !
  • सशस्त्र प्रहरी गलेश्वरको लागि जग्गा प्राप्ति प्रक्रिया सुरु भएको, जिर्ण भवन मर्मत सम्भार कार्य स्थानीय तहहरुको सहकार्यमा सम्पन्न भएको !
  • बेनी बजार संरक्षण अन्तर्गत काली नदी, म्याग्दी नदी तटबन्ध कार्य सुरु भएको !
  • बेनी-गलेश्वर अन्तर्गत जलेश्वरमा बढ्दो कटान नियन्त्रणका लागि प्रक्रिय अधि बढेको !
  • दुखुखोला पुल संरक्षण, तातोपानी बजार संरक्षणका लागि विशेष पहल र प्रक्रिया अगाडी बढेको !
  • गलेश्वर, गायत्री मन्दिर र राममन्दिरमा हुन सक्ने क्षति रोक्न नदीको धार परिवर्तन गर्ने प्रक्रिया अघि बढेको !
  • पोखरेबगर-चित्रे सडक, बेनी-दरबाङ सडक लगायतका सडकहरुको निर्माण कार्य अगाडी बढिरहेको!
  • तिप्लाङ्ग पुलको काम करिब करिब सकिएको, पोखरेवगर पुल निर्माण धमाधम भईरहेको !
  • विद्यालय पुननिर्माणको कार्य सन्तोषजनक रुपमा भईरहेको !

गर्न खोजेका तर नभ्याइएका कामहरु

  • मदिरा नियन्त्रण !
  • महिला र बालबालिका हिंसा विरुद्ध स्कुल स्कुल अभियान !
  • विपद ब्यवस्थापन गर्न स्थानीय युवा परिचालनका लागि जोखिमबस्ती टोलबस्ती भ्रमण र सचेतना !
  • म्याग्दीको शिर उच्च बनाउने, इतिहास, शिक्षा, कृषि, पशुपालन, उद्योग, साहित्य, कला, पर्वतारोहण, अनुसन्धान, समाजसेवा जस्ता महत्वपूर्ण विधामा म्याग्दीका लागि उदाहरणीय र अनुलनीय योगदान गर्ने म्याग्दीका महान् व्यक्तिहरु १०० जना छनौट गरि Myagdi Hundred Hiro’s को रुपमा बृहत कार्यक्रम बीच सम्मान गर्ने !
  • विपदबाट घरबारबिहिनहरुको घर निर्माण गरि आफ्नो छानोमा ल्याउने !
  • जोखमयुक्त बस्तीको भौगर्भिक अध्यय गरि बस्ती स्थानान्तरण गर्ने !
  • कार्यालय पछाडि खाली ठाँउमा प्रत्येक पालिकाको नक्सा, बेन्च, म्याग्दीको नक्सा बेन्च सहितको गार्डेन !
  • कार्यालय कम्पाउड प्लाष्टर, रंगरोगन, नयाँ सुरक्षाको लागि तार !

भाद्र १ देखि हालसम्म भएका प्रशासनिक कामहरु:-

नागरिकता- २०५०

नागरिकता प्रतिलिपि- ६३९

राहदानी वितरण- १३९३ (राजश्व:- ६८,३५,०००/-) दुर्त तर्फ:-२९७

नाबालक परिचयपत्र- ९२

सिफारिस- ३८७

संस्थादर्ता- ३५

पत्रपत्रिका दर्ता- नभएको

हातहतियार नविकरण- १३

राष्ट्रिय परिचयपत्र- १४३६

Bhautik ministry notice about road

सवारी साधन बीमा- भएको

जग्गा, भवन सहितको प्रोफाइल- भएको

विपद् बैठक संख्या- ५

कार्यालय प्रमुखको बैठक संख्या- ६

DCCMC बैठक संख्या- १३

विविध बैठक संख्या- १०

कार्यसम्पादन सम्झौता बमोजिम भएका महत्वपूर्ण कामहरु

एकिकृत जिल्ला सुरक्षा योजना

विपद प्रतिकार्य योजना

विषयगत कार्ययोजना

अन्तर जिल्ला समन्वय बैठक

जिल्ला प्रशासन बार्षिक कार्ययोजना

जिल्ला प्रशासन बार्षिक क्यालेन्डर

द्वन्द्वपिडितलाई राहत- २,१२,०४० वितरण भएको

मुआब्जा- ८८,७२,६९७ वितरण भएको

मुद्दा फट्यौर्ट- १८

लागुऔषध नियन्त्रण कार्ययोजना

जिल्ला प्रशासन कार्यालय काठमाडौमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले २०७७ फागुन १८ गते प्रशासनमा भएको कार्यक्रममा प्रस्तुत गर्नुभएको प्रगति बिबरण । स्रोत जिल्ला प्रशासन कार्यालय म्याग्दी

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...