शिख माविमा पुरस्कार बितरण

Gandaki Pardesh notice

सेते तिलिजा पुन
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माध्यमिक बिद्यालयमा मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

गत शैक्षिक सत्र २०७६ मा समग्र बिद्यालय, कक्षा र तहगत रुपमा प्रथम, दृतीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो । कक्षा १० बाहेक १ देखि १२ कक्षाका उत्कृष्ट बिद्यार्थीले पुरस्कार पाएका हुन् ।

Bhautik ministry notice about road

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाको अध्यक्षता, शिख्तानी समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजाको प्रमुख आतिथ्यता र शिक्षक खेमबहादुर पाइजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा प्रअ केदारबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर तिलिजा र सहायक प्रधानाध्यापक बेगबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । विभिन्न छात्रवृत्ति समेत बितरण गरिएको कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...