धवलागिरीका चार बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठनको तयारी

Gandaki Pardesh notice

शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिकाका चार वटा बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठन गर्ने तयारी भएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दी मार्फत सञ्चालित सामुदायिक बिकास परियोजनाले आधुनिक प्रबिधिको प्रयोग गरेर पठनपाठन सञ्चालन गर्ने तयारी गरेको हो । कक्षा कोठामा इन्टरनेट जडान गरेर ल्यापटप, प्रोजेक्टर प्रयोग गरी पठनपाठन सञ्चालन गर्ने तयारीका लागि शिक्षकहरुलाई सूचना प्रबिधि सम्बन्धी तालिम प्रदान गरिएको छ ।

गाउँपालिकासँगको समन्वयमा फागुन १४ गतेदेखि हेम मावि शिवाङमा सुरु भएको तालिम मंगलबार सकिएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढामगरले बताउनुभयो । धनजनता, हेम, ताकम र किसानी माबीमा स्मार्ट कक्षा सञ्चालनको तयारी भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ति बिद्यालयलाई ल्यापटप, प्राजेक्टर लगायत आवश्यक सामग्री सहयोग गर्ने परियोजनाले जनाएको छ । पाइलट प्रोजेक्टको रुपमा स्मार्ट कक्षा सञ्चालनका लागि छनौट भएका चार वटा बिद्यालयका प्रअ सहित १३ जना शिक्षकहरुको सहभागिता थियो ।

तालिमको गुड नेवर्स इन्टरनेशनलका सिनियर कार्यक्रम अधिकृत दिपक पौडेल र संगमका शिक्षा अधिकृत बुढाले सहजिकरण गर्नुभएको थियो । स्मार्ट कक्षा सञ्चालनका लागि छनौट भएका बिद्यालयमा इन्टरनेट सुबिधा पुगेको छ । बिद्यार्थीको पठनपाठनप्रति रुची र सिकाई उपलब्धी बढाउने उद्देश्यले सुरु गर्न लागिएको स्मार्ट शिक्षण बिधिले शिक्षकहरुलाई पनि प्रबिधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

तालिमको समापन गर्नुहुदै धवलागिरी गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले शिक्षण क्रियाकलापमा सूचनाको प्रबिधिको प्रयोग प्रभावकारी र आवश्यक भएको बताउनुभयो । स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले तालिममा सहभागि प्रअ र शिक्षकहरुले बिद्यालयमा गएर अरु शिक्षकहरुलाई पनि सिप सिकाएर क्षमता बिकासमा सघाउनुपर्ने बताउनुभयो ।

ताकम माविका प्रअ ओमकार पौडेलले तालिममा धेरै उपयोगी बिषय सिकेको र त्यसले पठनपाठनलाई प्रभावकारी बनाउने बताउनुभयो । संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलको अध्यक्षता, शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक खेमबहादुर रोकाया र संगम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीको पनि उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...