गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक

Add Samajik bikash office

बेनी । करिब २१ किलोग्राम लागू औषध गाँजा सहित म्याग्दीका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मालिका गाउँपालिका–३ डाडागाउँका ६३ वर्षीय हर्कबहादुर रोकाको घरबाट २० किलोग्राम ९०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फागुन १७ गते पक्राउ परेका हर्कबहादुर र १३ गते १२ किलोग्राम तौल गाँजा सहित पक्राउ परेका मालिका गाउँपालिका–२ भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई मंगलबार एकैपटक सार्वजनिक गरेको हो ।

Bhautik ministry notice about road

प्रहरी नायव उपरिक्षक श्याम कुमार राइले पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ घ ५ अनुसार मुद्दा चलाउन र अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलिले रोकाको गोठमा लुकाएर राखेको गाँजा बरामद गरेको हो । रोकाको गोठबाट गाँजा बनाउन प्रयोग हुने सेतो रंगको पाइप ४ थान, ३ थान कपडा, ५ वटा विभिन्न तौलका ढक, १ थान धुलो चाल्ने भाडा र ५ थान ¥यापीङ पेपर बरामद भएको छ ।

यसअघि फागुन १३ गते भिरखर्कका होमबहादुर पुनको गोठमा छापा मारेको प्रहरीले १२ किलोग्राम ८५० ग्राम गाँजा बरामद गरेको थियो । १० किलोग्राम भन्दा बढी गाँजा बरामद भएकाले २ वर्षदेखि १० बर्षसम्म कैद, रु. १५ हजार देखि रु. एक लाख सम्म जरिवानाको दावी सहित मुद्दा चलाउने प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...