बेनीमा सडक मर्मत

Gandaki Pardesh notice

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत गरिएको छ ।

खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुन कालोपत्रे गर्न लागिएको हो । बेनी नगरपालिकाले वडा न. ७ र ८ मा पर्ने सडकको पुन कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पु¥याएको छ । वडा न. ८ मा १६५ मिटर सडकमा १२२ वर्गमिटर प्वाल पुरिएको छ ।

८२० स्क्वायर मिटर ओभरले पिच गरिएको नगरपालिकाका प्राबिधिक कुमार थापाले बताउनुभयो । वडा न. ७ मा १६५ मिटर दुरिमा २३० स्क्वायर मिटर ओभरले पिच गरिएको छ । यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा प्रिमिक्स प्रबिधिबाट कालोपत्रे गरिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक कालोपत्रेका लागि वडा न. ७ ले चालु आर्थिक वर्षमा १० लाख र ८ ले ८ लाख रुपैयाँ बिनियोजन गरेका थिए । ठेक्का प्रतिस्पर्धाका क्रममा खुसी होम बिल्डर्सले १४ लाख ८ हजार ८१० रुपैयाँमा ठेक्का लिएका थिए ।

१७ लाख ४६ हजार ८७१ रुपैयाँ लागत अनुमान गरिएको थियो । ठेक्का लगाइसकेपछि केही ठाउँमा सडक मर्मतका लागि बजेटले अपुग भएपछि वडा न. ७ र ८ ले अन्य योजनाबाट काटेर पाँच लाख रुपैयाँ बिनियोजन गरेका थिए ।

पछिल्लो पाँच लाख बजेटको कोटेशनको माध्यमबाट कालोपत्रेका काम गराइएको छ । पिच उप्किएर खाल्डाखुल्डी परेकाले दुर्घटनाको जोखिम र आवत जावतमा समस्या भएको थियो । धुलो उड्न थालेको थियो ।

सडक मर्मत गरेपछि आवत जावत सहज हुने, धुलो नउड्ने र दुर्घटनाको जोखिम पनि घट्ने बेनी नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...