अजिंगर भिरमा सडक बनेपछि खुसीयाली

Gandaki Pardesh notice

दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजाका दल बहादुर गर्बुजा ९६ बर्ष पुग्नुभयो । उहाँ अहिले अरुको साहारा नलिए सम्म हिडडुल गर्न सक्नुहुन्छ । पहिलो पटक बेनी बजारमा मोटर देखेका उहाँले आफ्नै आँगन नजिकमा आएको मोटर बाटोको उद्घाटन गर्न पाउदा दंग पर्नुभयो ।

‘पहिला बस आएको छ रे बनेर बस हेर्नका लागि नै बेनी बजार पुगिन्थ्यो अहिले त आफ्नै घरमा सम्म आएको देख्दा सपना जस्तै लागेको छ,’ उहाँले भन्नुभयो “अहिले नै बस आउछ भनेर सोचेको पनि थिएन, तर अहिले आफ्नै गाउँ सम्म आएको मोटर बाटोको उद्घाटन आफैले गर्दा सपना जस्तै लगेको छ ।’

रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेकी ९३ बर्षिया उडिमा कमिनीले पनि बसमा चडेर बजार सम्म जान पाइन्छ भनेर सोच्नुभएका थिएन् । “एक दशक अघि सम्म त मौवाफाँट सम्म आएको थियो तर यो अक्करे भिर छिचोल्दै हाम्रो यस्तो दुर्गम बस्ती कुईनेमा सडक आउछ अनि बस चडेर बजार जान पाहिन्छ भन्ने कुरा सपना जस्तै लाग्यो,” उहाँले भन्नुभयो “आज यती घर देखी नै जिपमा बसेर दर्मिजा सम्म आए खुशी लाग्यो ।” उहाँले यस्ता कार्यक्रममा कहिल्यै पनि माथी मञ्चमा बस्न पाहिदैन तर आज बस्न पाउदा खुशी लागेको बताउनुभयो ।

Shreekrishna hardwear in news

दर्मिजाका दल बहादुर गबुर््जा र उडिमा कमिनी मात्र होईनन् रघुगंगा ७ चिमखोलाकी १०० बर्षिय लिस्मा पुन पनि मौवाफाँट–दग्नाम– दर्मिजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडक उद्घाटन कार्यक्रमको प्रमुख अथिति बन्नुभयो । ‘पहिला पहिला स्कुल अनि कतै कार्यक्रममा जादा ठूला मान्छेलाई मात्र अथिति बनाएको सुनेको र देखेको थिए तर आज पनि अथिति हुदा खुशी लागेको छ’ उहाँले भन्नुभयो “यस्ता कार्यक्रमहरु अन्य ठाउँमा पनि हुन आवश्यक छ ।”

गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना सोमबार उद्घाटन भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको ४ न वडा दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा दुई तर्फबाट काम गरि करिब १० महिनामा नै किरब एक किलोमिटिर जथि सडकको ट्रायाक खुलेपछि तिन वडाका स्थानीयहरु खुशी भएका छन् ।

गाउँपालिकाको दुर्गम वडा मानिने कुईनेमंगले र चिमखोला र दर्मिजा सिधा सडक सञ्जालले जोडिएपछि उक्त सडकको गाउँपालिकाले एक भब्य कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको छ । सोमबार दर्मिजामा बाजागाजा सहित सडकको उद्घाटन गरेको हो ।

गाउँपालिकाको तिन करोड ६२ लाख ६० हजार ७५६ रुपैयाँ, गत आर्थिक बर्ष प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख ११ हजार ९३१ रुपैयाँ खर्च भएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

२०७५÷७६ मा ६५ लाख बजेट परेकोमा २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७÷७८ मा पुर्वधार साझेदारी कार्यक्रममा आएको ५० लाममा २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको र बाँकी कोेरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेखे छ । उहाँका अनुसार यो बजेट स्थानीय सरकार मार्फत कार्यन्वयन भएको बजेट समावेश गरिएको छ । कोरोना कोषमा जम्मा गरिएको रकम मध्य १३ लाख ९५ हजार रुपैयाँ बेनी अस्पताललाई सहयोग गरिएको हो ।

Bhautik ministry notice about road

सुवेदीका अनुसार तुँदी पावर कम्पनी प्रालि र संयुक्त उर्जा प्रालिको करिब ११ करोड लागतमा उक्त ट्रयाक खोलिएको हो । यो खर्च स्थानीय सरकार आएपछि र गाउँपालिकाको समन्वयनमा आएका कार्यक्रमको मात्र हो । स्थानीय सरकार आउनु भन्दा पहिले पनि यस सडकमा धेरै बजेट खर्च भैसकेको छ ।

‘यो अक्करे भिर कसैले फुटाउन सकिँदैन भनेका थिए तर अहिले यही भिर हुदै दुर्गम बस्तीमा पुग्न सकिन्छ’ गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले भन्नुभयो, “यो भिरका कारणले बिगत ६ बर्ष देखी यो सडक फुटाउन सकिएको थिएन, गाउँपालिकाको संक्रियतामा ट्रयाक खोलेपछि सवारी चल्ने भएको हो । ”भण्डारीका अनुसार तिनवटा वडाले आफ्नो वडाको गौरबको आयोजनाको बजेट पनि भिर खोल्नका लागि खर्च गरेका हुन् ।

“गलेश्वर–मौवाफाँट–दग्नाम हुदै कुईने सम्म पुग्ने ३६ किलोमिटर सडकको निमार्ण भएपछि हामी निकै शुखी भएका छौँ” वडा न ४ दग्नामा वडा अध्यक्ष एकबहादुर गर्बुजाले भन्नुभयो “२०६७ साल देखी यो सडकको निर्माण थालिएको हो तर, स्थानीय सरकार आएपछि गाउँ सम्म सडक ल्याउन सक्यौ’ यो स्थानीय सरकारको उपलब्धी हो ।” अब गाउँका उत्पादनले पनि बजार पाउने छन् र यहाँका पर्यटकीय स्थलहरुमा पनि चहलपहल बढ्ने छ ।

स्थानीय बासिन्दा हाल गाउँमा सडक पुगेपनि यातायात सुबिधा पाएका छन् । जिल्ला सदरमुकाम बेनी र गाउपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन पैदल नअडिने भिडमा खरको भरमा हिड्नुपर्ने बाध्यता हटेकोमा खुशी लागेको कुईने मंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

‘बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पाखा पानी हुदै पैदलयात्रा गर्नुपर्ने थियो तर अहिले यो सडकमा सिधा सवारी हुन थालेपछि निकै छिटो र सहज भएको छ,’ उहाँले भन्नुभयो “गाउँमा उत्पादन हुने कृर्षिजन्य बस्तुहरु खच्चर, भरिया र ट्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ ।”

“गाउँमा उत्पदान हुने आलुले बजार पाए पनि निकै महंगो पर्ने व्यवासायिको गुनासो थियो, अब सडक जोडिएछि निकै सस्तो पर्नेछ” उहाँले भन्नुभयो “यो अजिंगरको अक्करेभिर खुलेपछि दुर्गम बस्तीका बासीन्दालाई ठूलो राहत मिलेको छ । अब यसलाई १२ महिना नै चल्ने बनाउनुपर्छ ।”

चिमखोला र कुइनेमंगलमा निर्माणको क्रममा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर चट्टान फुटाईएको थियो । यो सडकले तिन वटा वडाका करिब ८ हजार जनसंख्या प्रत्यक्ष सेवा पाउने छन् ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा खम्बिरले यो सडक निर्माण भएपछि ग्रामिण भेगका जनतालाई राहत मिलेको बताउदै बाह्र महिना सञ्चालन गर्न प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नुपर्ने जोड दिनुभयो ।

स्थानीय सरकार आउनु अघि देखी नै यो सडकका लागि आफुले पहल गरेको बताउदै यही क्षेत्रको मन्त्री, सांसद हुदा पनि अपेक्षा गरे अनुरुपमा बजेट बिनियोजन नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा जलविद्युत आयोजना तुँदी पावर कम्पनीका प्रबन्धक उपेन्द्र गौतम र सयुक्त उर्जा प्रालिका प्रतिनिधि सुवासचन्द्र बरालले गाउँपालिकको समन्वयमा आफुहरुले हातेमालो गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...