घतानमा मरेको चितुवा भेटियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ ।

घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले जनाएको छ । उक्त चितुवाको लम्बाई ६६ इन्च र चौडाई ११ इन्च रहेको घटनास्थलमा पुगेका फरेष्टर राम्जी शर्माले बताउनुभयो ।

“१६ इन्च अग्लो सो चितुवाको तौल २२ देखि २५ किलोग्राम छ,” उहाँले भन्नुभयो “पिठ्यु र पछाडीको खुट्टामा चोट देखिएको छ ।” चितुवाको शवबाट गन्ध आइरहेकाले केही दिनअघिनै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीयबासीले मरेको चितुवा भेटेपछि वन डिभिजन कार्यालयमा खबर गरेका थिए । प्रहरी र वन डिभिजनका कर्मचारीको टोलीले घटनास्थलमा पुगेर चितुवाको शब बेनी स्थित डिभिजन बन कार्यालयमा ल्याएका थिए ।

मृत चितुवाको शव परिक्षण गरेर सरोकारवालाको उपस्थितिमा खाडल खनेर गाडिएको निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनालले बताउनुभयो । चितुवाको मृत्युको कारणबाट अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...