भोर्लेनी र भेडाबारीमा सिचाईको समस्या (भिडियो खबर सहित )

Gandaki Pardesh notice

भेडाबारी । सुन्तला गाउँमा परिणत भएको म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीमा सिचाईको समस्या छ । सिचाई र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतिमा चुनौति बनेको छ ।

सुन्तला खेतीमा नमुना बनाई कृषि पर्यटन प्रर्वद्धन गर्ने अभियानमा जुटेका यहाँका कृषक सिचाई र भरपर्दो सडक यातायातको सुबिधा नहुँदा समस्यामा परेका छन् । सुन्तला निकासी र आवत–जावतका लागि पोक हुदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुन सकेको छैन् ।

Shreekrishna hardwear in news

नजिकै मुहान भएपनि सुन्तला बगैचामा सिचाई गर्न खानेपानीको पाइपको धारामा निर्भर हुनुपरेको स्थानीय कृषक ओम गिरीले बताउनुभयो । “पानीको मुहान भएपनि नहर र पाइप नहुँदा बगैचामा ल्याउन समस्या भएको छ,” उहाँले भन्नुभयो “खानेपानी ल्याएको पाइपको पानीले सिचाई गर्दै आएका छौ ।” गत असोज महिनादेखि आकाशबाट पानी परेको छैन् । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिचाई पु¥याउन समस्या भएको छ ।

सात वर्षअघि पोक देखि भेडाबारी सम्म करिब चार किलोमिटर सडक स्थानीयको लगानीमा निर्माण भएको थियो । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरिया मार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।

यहाँका २० घरधुरीले ब्यवसायीक सुन्तला खेती गरेका छन् । भेडाबारीमा अहिले दुई हजार वटा उत्पादन दिने सुन्तलाका बिरुवा छन् । परम्परागत कोदो र मकै बालीको विकल्पमा सुन्तला खेती गरेका छन् ।

Bhautik ministry notice about road

नयाँ बिरुवा थपिने क्रमसंगै बर्षेनी उत्पादन पनि बढेको छ । न्युनतम एक सय देखि पाँच सय बोटसम्म सुन्तला खेती गरेका छन् । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर तीन लाख रुपैयाँ सम्म आम्दानी हुने भेडाबारीका अर्का कृषक बेम गिरीले बताउनुभयो ।

“अन्नबालीको भन्दा सुन्तलाबाट धेरै गुणा फाइदा छ,” उहाँले भन्नुभयो “त्यही भएर मकै, कोदो लगाउन छाडेर सुन्तला लगाएका छौ ।” यहाँबाट वार्षिक बीस लाख रुपैयाँ भन्दा बढीको सुन्तला निकासी हुने गरेको छ । उपयुक्त हावापानी र अनुकुल भुगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । यहाँको सुन्तला प्रतिकिलो ५० रुपैयाँका दरले पोखरा निकासी हुने गरेको छ ।

बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूह मार्फत भोर्लेनी र भेडाबारीमा सिचाई आयोजना निर्माणको तयारी भएको गाउँपालिकाले जनाएको छ । “भेडाबारीमा सिचाई आयोजना निर्माण गर्न कृषक समूह गठन गरि निवेदन मागेका छौ,” गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले भन्नुभयो “त्यहाँका कृषकको आवश्यकता र समस्याको पहिचान गरि सहयोग गछौ ।”

बगैचाभित्र तरकारी, अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् । बाबियाचौर र अर्मन जोड्ने निर्माणाधिन पुल सम्पन्न भएपछि कृषकलाई सहज हुने अपेक्षा गरिएको छ । सिचाई र सडक यातायातको ब्यवस्था मिलाउनुका साथै भोर्लेनी भेडाबारी हुदै झाँक्रीपानी जोड्ने पदमार्ग सञ्चालन गरेमा यो ठाउँ कृषि पर्यटकीय गन्तब्य पनि बन्ने सम्भावना रहेको स्थानीयबासी समेत रहनुभएका शिक्षक गणेश गिरीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...