दानामा जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण

Sinchai Khanipani notice

गंगा पुन


दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार जडिवुटीको पहिचान, संरक्षणर प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा परम्परागत स्वास्थ्यकर्मीहरुलाई जडिबुटी पहिचान, संरक्षण र प्रयोगका बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । नचिन्ने र प्रयोगको बिधिका बिषयमा जानकारी नभएकाले जडिवुटी लोप हुनुका साथै प्रयोगमा आउन सकेको छैन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मधुकरजी ढकालले स्थानीय स्तरमा पाइने जडिवुटी र त्यसको उपयोगीता तथा संरक्षणका उपायका बिषयमा जानकारी गराउनुभएको थियो ।

४१ जनाको सहभागिता रहेको कार्यक्रममा अन्नपूर्ण गाउँ कार्यपालिकाका सदस्य थमबहादुर बिकले दानाको थाक दाना आयुर्वेद औषधालयको नाम परिवर्तन गर्न सुझाव दिनुभयो । बेलबहादुर पुर्जाको अध्यक्षता र बैद्य निरिक्षक प्रेम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीको पनि उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...