सारेमारेमा बनभोज स्थल निर्माण

Sinchai Khanipani notice

सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो ।

वन कार्यालयको तीन लाख ८४ हजार र समूहको एक लाख पचास हजार रुपैयाँ लगानीमा बनभोज स्थल बनाएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एकेन्द्रबहादुर थापामगरले बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार बनभोज स्थल निर्माण गर्न सारेमारेका तीस जनाले एक हप्ताका दरले श्रमदान गरेका छन् । सामुदायिक बनमा पर्यापर्यटन बिकास गर्ने उद्देश्यले बनभोज स्थल निर्माण गरिएको डिभिजन बन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सो स्थानमा बेनी, पर्वतको उत्तरी क्षेत्र र बागलुङबाट पिकनिक खान आउन सक्ने जनाइएको छ । करिब तीन रोपनी खाली पाखोलाई सम्माएर बनभोज स्थलको पुर्बाधार निर्माण भएको छ ।

सार्वजनिक शौचालय, खाना पकाउने ठाउँ, भण्डारण कक्ष र टहरा बनाइएको कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहका पुर्ब अध्यक्ष तिलक थापाले बताउनुभयो । सो बनभोज स्थलको शनिबार गण्डकी प्रदेशको पर्यटन, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकालले उद्घाटन गर्नुभयो ।

सचिब ढकालले वनको संरक्षणसँगै उपयोग गरि लाभ लिन आग्रह गर्दै घरबास र बनभोज स्थल सञ्चालन गरेर आयआर्जनमा अग्रसर बन्न स्थानीयबासीलाई सुझाव दिनुभयो । कार्यक्रमको सञ्चालन सहायक बन अधिकृत नरबहादर क्षेत्रीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...