सर्वोच्चको फैसलाको स्वागतमा बेनीमा दिपावली, बुधबार प्रचण्ड -नेपाल समूहले बिजयउत्सव मनाउने

Gandaki Pardesh notice

बेनी । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको खुसीयालीमा मंगलबार बेनीमा दिपावली गरिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिपावली गरेर अदालतको निर्णयको स्वागत गरेका हुन् । प्रधानन्याधिश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा रहेको संबैधानिक इजलासले प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुष ५ गते गरेको निर्णय बदर गरिदिएको हो ।

सर्वोच्चले संसद बिघटन गर्ने सरकारको निर्णयलाई असंबैधानिक ठहर गरेर बदर गरिदिएपछि प्रतिनिधिसभा पुनस्थापना हुने बाटो खुलेको छ । सर्बोच्चले फैसला भएको मितिले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन प्रतिनिधिसभाका सभामुख, प्रधानमन्त्री ओली र राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ ।

Shreekrishna hardwear in news

प्रतिनिधिसभा बिघटनको बिरुद्धमा रहेका नेकपाको प्रचण्ड–नेपाल समूह सम्बद्ध अनेरास्ववीयू, अनेमसंघ, राष्ट्रिय युवा संघ लगायतका संगठनहरुले सर्वोच्चको फैसला लगत्तै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेका थिए ।

Bhautik ministry notice about road

दिपावलीमा सहभागीहरुलाई धन्यवाद दिदै राष्ट्रिय युवा संघका जिल्ला सहसंयोजक सन्दिप खत्रीले अदालतको फैसलाले संबिधानको रक्षा र जनताको जित भएको बताउनुभयो ।

अनेरास्ववीयू म्याग्दीका सहसंयोजक रेशम कटुवालले प्रधानमन्त्री ओलीका निरंकुश, तानाशाही, असबैधानिक निर्णय अदालतको निर्णयले खारेज भएपछि संबैधानिक सर्वोच्चता कायम भएको बताउनुभयो ।

अनेमसंघका केन्द्रिय सदस्य ज्योती लामिछानेले संसद पुनस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताउदै प्रधानमन्त्री ओली र उनको गलत कदमलाई साथ दिने राष्ट्रपतिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

यसैबीच सर्वोच्चको फैसलाको स्वागत र संबिधानको रक्षा भएको खुसीयालीमा नेकपाको प्रचण्ड नेपाल समूहले बुधबार दिउँसो बेनीमा बिजयउत्सव गर्ने भएको छ । दिउँसो ११ बजे जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु हुने बिजयउत्सव ¥यालीमा सहभागि हुन नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले अपिल गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...