लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

Gandaki Pardesh notice

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ ।

लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा जमेको फोहोर र हिलो ब्यवस्थापन गरेको समूहका कोषाध्यक्ष ओमकुमारी गर्बुजाले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

सडक छेउमा रहेको नाली सडक डिभिजनले सरसफाई गर्न बेवास्ता गरेपछि स्थानीय आफै अग्रसर भएका हुन् । नालीमा माटो, हिलो र गेगर भरिएपछि सडकबाट भलबाढी र पानी बग्ने गरेको थियो ।

Shreekrishna hardwear in news

सडक हिलो भएको छ । यात्रुलाई आवत जावत गर्न समस्या भएको थियो । सडकको पानी तलतिरको बस्तिमा परेर घरका सेफ्टी टंकी भरिने, हिलो हुने गरेको थियो ।

गाउँपालिका मार्फत सडक डिभिजन कार्यालयलाई गरेको आग्रहको सुनुवाई नभएपछि स्थानीयबासी आफैले श्रमदान गरेर सरसफाई गरेका कोषाध्यक्ष गर्बुजाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...