म्याग्दी क्याम्पसले प्रबेश परिक्षा मार्फत बिद्यार्थी भर्ना गर्ने

Gandaki Pardesh notice

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले प्रबेश परिक्षा लिएर बिद्यार्थी भर्ना गर्ने भएको छ ।

विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको क्याम्पसले यस वर्षदेखि स्नातक तहमा भर्ना हुने बिद्यार्थीलाई प्रबेश परिक्षा लिन लागेको हो ।

क्याम्पसमा सोमबार पत्रकार भेटघाट आयोजना गरेर क्युएए प्रमाणपत्र प्राप्त गर्दा पेश गरेको शैक्षिक सुधारको कार्ययोजना अनुसार पहिलो पटक प्रवेश परिक्षा लिएर बिद्यार्थी भर्ना गर्न लागिएको जानकारी गराइएको थियो ।

Shreekrishna hardwear in news

क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भर्ना समयमा बिद्यार्थीको क्षमता पहिचान, छनौटको बिषय पढ्न, भर्ना गरी क्याम्पस छाड्ने दर घटाउन र संस्थागत गुणस्तरको प्रमाणीकरणलाई थप बलियो बनाउन प्रवेश परिक्षा लिन लागिएको जानकारी दिनुभयो ।

स्नातक तहको शिक्षा, ब्यवस्थापन र मानबिकी संकायमा भर्ना हुने बिद्यार्थीहरुलाई फागुन १८ देखि २५ गतेसम्म प्रवेश परिक्षा लिने र सोही दिन नतिजा प्रकाशन गरिने क्याम्पस प्रमुख जिसीले बताउनुभयो ।

यस वर्ष ब्यवस्थापन संकायमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाउने तयारी गरेको क्याम्पसले शिक्षा शास्त्र संकायमा भर्ना हुने बिद्यार्थीले जिपिए २.१ भन्दा माथि प्राप्त गर्नुपर्ने सर्त राखेको छ ।

Bhautik ministry notice about road

कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्यापसमा हाल एक हजार ५१ जना बिद्यार्थी छन् । दश जोड दुई र स्नातक तहमा शिक्षा, ब्यवस्थापन र मानविकी संकायको साथै ब्यवस्थापन संकायमा स्नाकोत्तर तहको पढाई हुन्छ ।

स्नातकोत्तर तहमा शिक्षा तर्फ अंग्रेजी, इपिएम, मानविकी तर्फ समाजशास्त्र÷नेपाली, स्नातक तहमा बिबिए, बिएसडब्लु कार्यक्रम सञ्चालन गर्न त्रिभुवन विश्वबिद्यालयमा अनुमति मागिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

वर्षमा तीन पटक आन्तरिक परिक्षा लिन थालिएपछि स्नातक तहमा बिद्यार्थी उतिर्णदर बढेको छ । गत वर्ष २२ प्रतिशत रहेको उतिर्णदर बढेर यसपाली ३४ प्रतिशत पुगेको सहायक क्याम्पस प्रमुख सुबेदीले बताउनुभयो ।

ए प्लस ग्रेड ल्याएका बिद्यार्थीलाई स्नातक तहमा निशूल्क भर्ना गर्ने क्याम्पसले कुल बिद्यार्थी संख्याको दश प्रतिशतलाई आन्तरिक स्रोतबाट छात्रवृत्ति सुबिधा दिदै आएको छ । क्याम्पसको छात्रावासमा १८ जना छात्र र ३२ जना छात्राले आवास सुबिधा पाएका छन् ।

भौतिक तर्फ कक्षा कोठाको सुधार गरेर २०० जना बिद्यार्थीलाई नयाँ डेक्स बेञ्चको ब्यवस्था गरिएको, ३२ वटा कम्प्युटर खरिद गरेर ल्याब स्थापना गर्न फर्निचर जडान भैरहेको, बेनी नगरपालिका मार्फत मञ्च र स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट छात्रा छात्रावास भवनको तला थप गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताउनुभयो ।

उहाँले क्याम्पसको पुर्बाधार निर्माणलाई ब्यवस्थित, दिगो र प्रभावकारी बनाउन गुरुयोजना तयार पार्न लागिएको बताउनुभयो । शैक्षिक सुधारका लागि शिक्षक कर्मचारीको स्वःमूल्याङ्कन, आन्तरिक परिक्षा, अनुसन्धान संस्कृतिमा जोड, कर्मचारीलाई सफ्टवयर तालिम र एलएमएस सिकाई ब्यवस्थापन प्रणाली स्थापना गर्न लागिएको क्याम्पस प्रमुख जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...