नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ

Gandaki Ghumau

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका एक व्यक्ति आइतबार पक्राउ परेका छन् ।

अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक श्याम कुमार राइले दिपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“रेशमबहादुरले पेश गरेका कागजात शंकास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौ,” उहाँले भन्नुभयो “झुटा बिबरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुर माथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छौ ।”

प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई बिदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्ष भन्दा कम उमेरका व्यक्ति बिदेश जानका लागि नावालक परिचयपत्र बनाउनुपर्छ ।

रेशमले दिवाको नावालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...