दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग

Gandaki Ghumau

गंगा पुन
दाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक पर्ने १३ प्रकारका सामग्री सहयोग गरेको हो ।

गुल्नीयो लिट मेसिन, गुल्नीयो लिट स्टिक, गुल्नीयो लिट पेन, तौलने मेसिन, बिपी सेट, ह्याड ग्लोब्स, दुई सेट अक्सीमिटर, अक्सिजन सेट, अक्सिजन सिलिण्डर, पाँच सय लिटर स्यानीटाइजर, ब्लड टेस्ट एन्टिजेन, ग्लोफ स्पेस मास्क र स्टेचर उपलब्ध गराएका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

प्रवासी संघ दाना–कतारका प्रतिनिधि युक्तबहादुर पाइजा, श्याम गुरुङ, भिमलाल बुढाथोकी, प्रदिप पुर्जा, केशर पुन, लालबहादुर गुरुङको टोलीले स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष नरसिंह पुर्जा, गाउँपालिकाको कार्यापालिका सदस्य थमबहादुर बिकको उपस्थितिमा स्वास्थ्य चौकीका इञ्चार्ज रबिना दर्जीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच दानाका विभिन्न बिद्यालयका ५ वर्ष मुनीका बालबालिकाको पोषण अवस्था पहिचानका लागि परिक्षण गरिएको छ । बालबालिकाको उमेर अनुसार तौल बृद्धीको अवस्था पहिचान गर्न परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्य ९५ प्रतिशतको स्वास्थ्य अवस्था राम्रो भएको र कमजोर भएका बालबालिकाका अभिभावकलाई पौष्टिक आहरा खुवाउन सुझाव दिइएको स्वास्थ्य चौकीका इञ्चार्ज रबीना दर्जीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...