दानामा सिलाई कटाई तालिम सुरु

Gandaki Pardesh notice

गंगा पुन
दाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको डाडागाउँमा एडभान्स लेबलको सिलाई कटाई तालिम सुरु भएको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको हो । शनिबारदेखि सुरु भएको तालिममा २२ जनाको सहभागिता छ । तीन महिना सञ्चालन हुने आयोजकले जनाएका छन् ।

Bhautik ministry notice about road

यसअघि आधारभूत स्तरको सिलाइ कटाइ तालिम लिएर ब्यवसाय सञ्चालन गरिरहेकाहरुको सिप र क्षमता बिकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको इन्दिरा पुनले सहजिकरण गर्नुहुने जनाइएको छ ।

Shreekrishna hardwear in news

तालिमको उद्घाटन गर्नुहुदै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले तालिममा सक्रिय रुपमा नियमित सहभागी भई ब्यवहारिक ज्ञान सिप आर्जन गरेर आफै ब्यवसाय गर्न सक्षम र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

कार्यपालिकाका सदस्य थमबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेड्पाका शंकर सापकोटाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...