मुख्यमन्त्री कप भलिबलको महिला तर्फको उपाधी म्याग्दीलाई

Gandaki Pardesh notice

बेनी । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधी म्याग्दीले जितेको छ ।

पोखरा रंगशालामा भएको प्रतियोगितामा महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ बिजयी भएका हुन् । पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै अरुणा शाहीको कप्टानीमा मैदानमा उत्रिएको म्याग्दी च्याम्पियन बनेको हो ।

म्याग्दीले पर्वतमाथि २५–१४, २५–१४ र २५–१७ को सोझो सेटमा जित निकाल्यो । तेस्रो स्थानको लागि भएको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित ग¥यो । रोमाञ्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले जितेको थियो । दोस्रो र तेस्रो सेट तनहुँले २५–१७ र २५–२० ले आफ्नो बनायो । चौंथो सेट स्याङ्जाले २५–१३ ले आफ्नो बनायो । त्यसपछि अन्तिम तथा पाँचौ सेटमा १५–१० को जित निकाल्दै तनहुँले उपाधिमा कब्जा जमाएको हो ।

पुरुषतर्फ पर्वतले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा पर्वतले म्याग्दीलाई २३–२५,२५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित ग¥यो । कास्की जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेता महिला र पुरुष टोलीले समान २÷२ लाख र ट्रफी पुरस्कार प्राप्त गरे । यस्तै उपविजेता बनेको टोलीले १÷१ लाख प्राप्त गर्दा तेस्रो भएको टोलीले ५०÷५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार बितरण गर्नुभएको थियो । फागुन ४ गतेबाट सुरु भएको प्रतियोगितामा मनाङ बाहेक १० जिल्लाले सहभागिता जनाएका थिए । प्रतियोगितामा म्याग्दीले तीन वटा बिधामा उपाधी पाएको छ । म्याग्दीकी अरुणा शाहीले सर्वोकृष्ट खेलाडी र कमला पुनले वेष्ट सर्वर तथा तेजेन्द्र बानियाले उत्कृष्ट प्रशिक्षकको उपाधी पाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...