मालिका धुरीमा लायन्स क्लव अफ बेनी पिस सिटीको हाइकिङ

Gandaki Pardesh notice

मलिका । लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने मालिका धुरीको पर्यटन प्रर्वद्धनका लागि हाइकिङ गरेको छ ।

क्लवका पदाधीकारी र पत्रकारहरुको टोलीले बिमको बाइन्दफाँट हुदै पैदलयात्रा गरेका हुन् । बेनीबाट गाडीमा धौलागंगा र नागीथलाको बिचसम्म पुगेको टोलीले त्यहाँदेखि मालिका र मालिका देखि सो ठाउँसम्म पैदलयात्रा गरेका हुन् ।

शुक्रबार गएको टोली शनिबार मालिकाको अवलोकन र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर बेनी फर्किएको छ । समुन्द्रि सतहदेखि तीन हजार ३५० मिटर उचाइमा रहेको मालिका धार्मिक र दृष्य अवलोकनका लागि प्रसिद्ध छ ।

Shreekrishna hardwear in news

पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको मालिकाबाट धौलागिरी, गुर्जा, मानापाथी, चुनेर, पुथा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमाल, पहाडी भुगोल र सुर्योदयको दृष्यअवलोकन गर्न सकिन्छ ।

Bhautik ministry notice about road

क्लबका महासचिव सन्दिप खत्रीले मालिकाको प्रचारप्रसारका साथै समस्या र सम्भावनाको पहिचान गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यले हायकिङ गरिएको बताउनुभयो । क्लबका अध्यक्ष खम थापाले गत वर्ष ताकममा निशूल्क आँखा शिविरको साथै ताकमकोत र असोजमा झाँक्रीपानीको पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको बताउनुभयो ।

संस्थापक अध्यक्ष राजेश शाक्यले मालिकाको पर्यटन बिकासमा भएका पहलका साथै सम्भावना र आकर्षणको प्रचारप्रसारमा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका पुर्ब अध्यक्ष दल शेरपुजाले पर्यटन प्रर्वद्धनमा क्लवको कार्यक्रम उपयोगी भएको बताउनुभयो ।

हायकीङबाट फर्किएपछि क्लवले बिमको मालिका र फुलपाती आमा समूहलाई एक÷एक थान ग्याँस चुल्हो सहयोग गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...