घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ ।

पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण सुरु भएको हो ।

कुल तीन करोड ४८ लाख ९४ हजार ७० रुपैयाँ लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखराले भ्याट सहित दुई करोड ८१ लाख ७८ हजार ६४६ रुपैयाँमा ठेक्का लिएको छ ।

Shreekrishna hardwear in news

२०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । गलत डिजाइनका कारण २० मिटर लामो पुल बनाउने सम्झौता भएपनि कार्यस्थलको भूगोल र नक्सा नमिलेपछि एक वर्ष काम प्रभावित भएको हो ।

Bhautik ministry notice about road

२५ मिटर लामो पुल बनाउने गरि डिजाइन र सम्झौता संसोधन भएपछि निर्माण ब्यवसायीले पाउद्धार तर्फको पिल्लरको जग निर्माण सुरु गरेका छन् । सम्बन्धित कार्यालय र परामर्शदाताको लापरबाहीका कारण गलत डिजाइनले पुल निर्माण प्रभावित भएको ब्यवसायीको भनाई छ ।

शिलन्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्द हुने अवस्थामा पुगेको पुललाई धेरै मेहनत गरेर कार्यान्वयनको अवस्थामा ल्याएको बताउनुभयो । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि नेपाने, पाउद्धार, किन्दु, स्वाँताका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।

शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपाको ओली समूहका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोखरेबगर देखि घार खिवाङ शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मंसिर देखि काम भइरहेको छ । ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिएपनि करिब आधा मात्र भौतिक प्रगति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...