बाबियाचौरको सडक धमाधम कालोपत्रे

Sinchai Khanipani notice

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ ।

गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न लागेको हो । म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा मंगलाले पहिलो पडक कालोपत्रे सडक बनाउन लागेको हो ।

गत बर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको सहमतीमा म्याद थप गरि सम्पन्न गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाका अनुसार, बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गर्ने सम्झौता भएको छ । कार्यक्षेत्रमा परिचालित सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटाले सडकको अधिकाँश स्थानमा स्टिमेटभन्दा बढी साढे ४ मिटर फराकिलोसम्म सडक कालोपत्रे गरिएको बताउनुभयो ।

‘‘कालोपत्रे काम सुरु भएको छ, आबश्यक उपकरण, निर्माण सामाग्री जुटाएर जनशक्ति परिचालन भएको छ, केहि दिनमै सबै कालोपत्रे काम सकिन्छ’’– सापकोटाले भन्नुभयो । गत बर्ष बेस र सबबेस संगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो ।


कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भैरहेको गाउँपालिकाका इन्जीनियर सुजन पौडेलले बताउनुभयो । सडक कालोपत्रे संगै बजार क्षेत्र सफा र चिटिक्क देखिएको छ । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले समेत नियमित रुपमा निगरानी गरिरहेका छन् ।

हिउँदमा धुलो र बर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग बाणिज्य संघ मंगला इकाईका अध्यक्ष राजु पाण्डेले बताउनुभयो । ‘‘गाउँपालिका स्तरमा जिल्लामै पहिलो पटक सडक कालोपत्रे भएको छ, बिस्तारै ग्रामीण सडकहरु पनि स्तरोन्नती हुँदैछन्, यसको लागि गाउँपालिकाको नेतृत्वले गरेको भुमिकाप्रति आभारी छौँ’’– पाण्डेले भन्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...