अन्नपूर्णको स्थानीय पाठ्यपुस्तक तयार हुदै

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पार्ने तयारीमा जुटेको छ ।

विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक तयार पार्न लागिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर ‘मेरो गाउँपालिका’ नामको पुस्तक तयार पार्न लागेको हो । पुस्तक १०० पूर्णाङ्कको हुनेछ् । शिक्षा अधिकृत गणेशबहादुर बरुवाल, स्रोत व्यक्ति भरत पुन लगायत विभिन्न बिद्यालयका प्रअहरुबीच पुस्तक तयार पार्नका लागि कार्यशाला गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका ८ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिने भएको छ । कक्षा १ बाट सुरु गरिने स्थानीय पुस्तक क्रमश ः कक्षा २, ३, ४ र ५ मा पनि पठनपाठन गराइने भएको छ ।

स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र गाउँपालिकालाई बुझ्ने मौका पाउने भएका छन् । धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पार्ने अन्तिम तयारी भएको छ । यसअघि बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यपुस्तक तयार पारेर लागु गरिसकेको छ । अन्य गाउँपालिकाहरु पाठ्यक्रम र पुस्तक बनाउने तयारीमा जुटेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...