चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

Gandaki Pardesh notice

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् ।

स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह स्थल बनाएका हुन् ।

मोटरेबल पुलको छेउमा बनाइएको घरमा बर्षात र रातको समयमा मलामी बस्ने ब्यवस्था मिलाइएको निर्माणको अगुवाइ गर्नुभएका साजन पुनले बताउनुभयो । मलामी चोख्याउन चिया पकाउन ग्याँसको समेत ब्यवस्था गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँका अनुसार कालीगण्डकी नदी किनारमा जस्तापाटाले छाएको शव जलाउने ठाउँ र जलाइसकेपछि पखाल्ने पानी ल्याउन टंकी समेत निर्माण भएको छ । सात लाख पचास हजार रुपैयाँ खर्च भएकोमा हालसम्म छ लाख पचास हजार रुपैयाँ संकलन भएको पुनले बताउनुभयो ।
समुदाय स्तरबाट सहयोग जुटाएर सो पुर्बाधार बनाएका हुन् । गाउँ, पोखरा, काठमाडौ लगायत सहर, हङकङ, बेलायत लगायत देशमा भएकाहरुले आर्थिक सहयोग गर्नुभएको थियो । जस्तापाटाले छाएको र पर्खाल लगाइएको मलामी घरमा बस्न मिल्ने ठाउँ छ । मलामीलाई चिया पकाएर खुवाउन आवश्यक पर्ने सामग्री भण्डारण गर्ने अर्को कोठा पनि बनाइएको छ ।

अग्लो ट्रस राखेर शव दाह स्थललाई जस्ताले छाइएको छ । गाउँदेखि टाढा रहेको सो ठाउँमा शव ल्याएर आउने मलामीहरुलाई पानी पर्दा र रातको समयमा समस्या हुने गरेको थियो । बेनी, पोखरा, काठमाडौबाट ल्याउने शवलाई रातभरी खुल्ला आकाशमुनी राखेर बगरमा कुरेर बस्नुपर्ने समस्या थियो ।

मलामीघर र शव दाह स्थल निर्माण भएपछि स्थानीयबासीलाई सुबिधा पुगेको दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताउनुभयो । सहयोगदाताहरुलाई उहाँले धन्यवाद दिनुभयो । निर्माण समितिले छिट्टै आम्दानी खर्च विवरण सार्वजनिक गरेर संरचनालाई प्रयोगमा ल्याउने तयारी गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...