पिडामा परेका गुल्मीका कृषकलाई म्याग्दीका कृषकको सहयोग

Sinchai Khanipani notice

बेनी । आगोलागीका कारण बाख्रा सहित गोठ जलेर पिडामा परेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका कृषकलाई बिहीबार म्याग्दीका कृषकहरुले सहयोग गर्नुभएको छ ।

गत पुष २३ गते अज्ञात व्यक्तिहरुले गोठमा लगाउँदा बिरेन्द्र शाहको एसथ्री बाख्रा फार्ममा रहेका २६ वटा बाख्रा सहित खोरका सबै संरचना जलेर नष्ट भएको थियो । गुल्मीबाट बेनी आउनुभएका शाहलाई म्याग्दीका कृषकहरुले ४ वटा बाख्रा र १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ चुत्रेनीका कृष्ण मल्ल र वडा नम्बर ४ का महेन्द्र बानियाँले १÷१ वटा बाख्रा र हालै बाख्रापालन सुरु गर्नुभएका नारायण जिसीले १५ हजार नगद सहयोग गर्नुभएको हो ।

Shreekrishna hardwear in news

भर्खरै व्यवसायलाई विस्तार गर्न ठुलो लगानी गरेको अबस्थामा गोठ र बाख्रा सबै जलेर नष्ट भएकाले शाहलाई पुन ः पुरानै लयमा फर्कन राहत संगै हौँसला मिलोस भन्ने उदेश्यले सहयोग गरिएको कृषकहरुले बताएका छन् ।

उक्त अवसरमा बागलुङका चिरञ्जीवि केसीले समेत १ वटा बाख्रा शाहलाई उपलब्ध गराउनुभएको छ । आगलागीबाट ठुलो क्षति व्यहोर्नुभएका शाहलाई व्यवसायबाट पलायन हुनबाट जोगाउन आफ्नो क्षमता अनुसारको सहयोग गरेको गर्नुभएको हो । शाहको फर्ममा भौतिक पूर्वाधार र बाख्राहरु समेत गरि ३२ लाख बढी क्षति भएको थियो । अहिले बाख्रापालक कृषक महासंघको अगुवाईमा शाहको फर्म पुननिर्माणको लागि समेत सहयोग संकलन भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...