पाउद्धारमा चौरी महोत्सव सुरु

Gandaki Pardesh notice

पाउद्धार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत ब्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले आयोजना गरेको महोत्सव छ दिन सम्म सञ्चालन हुने जनाइएको छ ।

चौरी संरक्षण, चौरीका उत्पादनको बजारीकरण, चौरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मिनबहादुर गर्बुजाले बताउुभयो ।

Shreekrishna hardwear in news

‘‘पाउद्धार गाउँकै नजिकै लरेनीमा झारिएका चौरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौ,’’ उहाँले भन्नुभयो ‘‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामिण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ ।’’

महोत्सवमा कृषक र बिज्ञहरुबीच चौरीको महत्व, समस्या, ब्यवसायिक सम्भावना र कृषकको आवश्यकताका बिषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौरीको आलो रगत पिउने मेला समेत सञ्चालन हुनेछ ।

महोत्सवमा आउने पाहुनाहरुलाई चौरी देखाउने र यसको महत्वका बिषयमा बुझाइने कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले बताउनुभयो । ‘‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौरीपालन हुन्छ,’’ उहाँले भन्नुभयो ‘‘परम्परागत चौरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।’’

दश हजार भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गित र नृत्य महोत्सवको आकर्षण हो ।

Bhautik ministry notice about road

पाउद्धार र शिखका तीन वटा फर्मले चार सय बढी चौरी पालेका छन् । सामाजिक अभियन्ता डाक्टर महाबिर पुनको अगुवाइमा पाउद्धार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन बि.स. २०५८ देखि खोपारा क्षेत्रमा ब्यवसायिक चौरीपालन गरिएको स्थानीय भिम तिलीजाले बताउनुभयो ।

खोपारा, खयर, बयली, डाडखर्क लगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौरीपालन गरेका छन् । प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौरी र भेडा गोठले पर्यटक आकर्षित गराएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

राष्ट्रिय पशुपंक्षी स्रोत ब्यवस्थापन तथा प्रर्वद्धन कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत खगेन्द्रराज भट्टले अनुकुल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौरी स्रोत केन्द्रको रुपमा बिकास गर्न लागिएको बताउनुभयो ।
‘‘चौरीको नश्ल, गोठ सुधार, ब्यवसायिक उत्पादन, उत्पादनको बिबिधिकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छौ,’’ उहाँले भन्नुभयो ‘‘यहाँ पालिएका चौरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लैजान सकिन्छ ।’’ यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु. नौ लाख ३५ हजार बिनियोजन भएको छ ।

तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकेको छ । आन्तरिक र बाह्य परिजिवी बिरुद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु बिकास अधिकृत बासुदेव नाथले बताउनुभयो । चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौरीपालनको चुनौति भएको कृषक प्रेम पुर्जाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...