बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरी नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरीको फन्दामा परेका छन् ।

भारतको दार्जिलिङ घर भएका ५५ वर्षीय प्रकाश लामालाई दश वर्षीया बालिकालाई यौनजन्य अनुचित कार्य गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका लामामाथि अनुसन्धान भइरहेको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । “माघ २४ गतेको घटना हो २७ गते उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान जारी राखेका छौ,” उहाँले भन्नुभयो “अनुचित कार्य सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दी जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ । घटनाको करिब दश दिनपछि मात्रै सार्वजनिक भएको हो । लामाले बालिकाको यौनाङ्गमा हातका औला छिराएर यौनजन्य अनुचित कार्य गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय दरवाङको टोलीले लामालाई नियन्त्रणमा लिएर बेनी स्थित जिल्ला प्रहरी कार्यालय पठाएको थियो । पक्राउ परेका लामा दरवाङ इङलिस बोडिङ स्कुलका पुर्ब शिक्षक हुन् । उनी यसअघि पनि बिभिन्न बिवादित घटनामा मुछिएका थिए ।

कानुनले यौनाङ्गमा अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जवरजस्ती करणी गरेको ठहर हुने ब्याख्या गरेको छ । दश वर्ष भन्दा कम उमेरका बालिकालाई यस्तो ब्यवहार गर्नेलाई जन्मकैद र दश देखि १४ वर्षकालाई गरेमा १८ देखि २० वर्षसमम कैद सजाय हुने कानुनमा उल्लेख छ ।
यसअघि करिब एक महिनाअघि मालिका गाउँपालिका– १ निस्कोटमा एक दश बर्षीया बालिकालाई आफ्नै पुसाजुले बलात्कार गरेका थिए । ती व्यक्तिलाई पनि पक्राउ गरेर अदालतमा मुद्दा चलाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...